दार्जीलिङ पोलिटेक्निक संस्थान, खरसाङमा जनशक्ति युनाइटेड स्टुडेन्ट्स फ्रण्ट गठन

IMG-20250604-WA0198

खरसाङ: ईण्डियन गोर्खा जनशक्ति फ्रन्टको विद्यार्थी संगठन जनशक्ति युनाइटेड स्टुडेन्ट्स फ्रण्ट दार्जीलिङ पोलिटेक्निक संस्थान, खरसाङमा औपचारिक रूपमा गठन गरिएको छ। आईजीजेएफ केन्द्रीय समिति सदस्य नोर्बु छिरिङ भुटियाको नेतृत्वमा रुधिर गुरुङ, सुरज बस्नेत र दिपराज रसाइलीसहितको टोलीले कार्यकारी प्राचार्यसँग भेट गरी स्वीकृति पत्र औपचारिक रूपमा बुझाएका छन्।

नवगठित विद्यार्थी संगठनले विद्यार्थीहरूका हितका लागि कार्य गर्न साथै संस्था र विद्यार्थीहरुबीच सेतुको भूमिका निर्वाह गर्ने लक्ष्य लिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement