फाइनलमा हारे पनि कप्तान श्रेयस अय्यरद्वारा टीमको प्रशंसा

IMG-20250604-WA0166(1)

अहमदाबाद: पञ्जाब किंग्सका कप्तान श्रेयस अय्यरले आईपीएल २०२५-को फाइनलमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-विरुद्ध ६ रनले हारपछि निराशा व्यक्त गर्नको साथै आफ्ना खेलाड़ीहरू, सहयोगी स्टाफ र टीम मालिकहरूका खुलेर प्रशंसा गरे। आईपीएल इतिहासमा दोस्रोपल्ट फाइनल खेलिरहेको पञ्जाबको टीमले कड़ा चुनौती पेश गरे पनि अन्तमा हारको सामना गर्नु पऱ्यो। आईपीएलमा ट्रफी जित्ने सपना साकार नभए पनि कप्तान अय्यरले आफ्नो टीमको जुझारुपन र युवा खेलाड़ीहरूका नीडरताको सराहना गरे। उनले भने, यस हारपछि पनि आउँदो सीजनमा ट्रफी जित्ने लक्ष्य कायम रहेको छ। ईमानदारीपूर्वक भन्नु पर्दा म धेरै निराश छु तर यस अवसरमा खेलाड़ीहरूले प्रशंसनीय प्रदर्शन गरे। आज हाम्रो दिन थिएन तर म सपोर्ट स्टाफ, मालिकहरू र यी सबै मानिसहरूलाई श्रेय दिन चाहन्छु, जसले यस अभियानमा हिस्सा लिए। गत म्याचको हिसाबले आज १९० रनको स्कोर बराबरीको थियो तर विरोधी टीमले असाधारण बलिंग गऱ्यो। विशेषगरी क्रुणाल पाण्ड्याले आफ्नो अनुभवको साथ म्याचको रंग बद्लिए। उनको स्पेल म्याचको टर्निंग पोइण्ट थियो।
पञ्जाब किंग्सको यस आईपीएल सीजनको यात्रालाई याद गर्दै अय्यरले भने, मलाई आफ्नो टीमका प्रत्येक खेलाड़ीमाथि गर्व छ। हामीसँग धेरै युवा खेलाड़ीहरू छन्, जसले आफ्नो पहिलो सीजनमै कुनै डर बिना असाधारण प्रदर्शन गरे। यी युवाहरू बिना हामी यहाँसम्म पुग्न सक्ने थिएनौं। म उनीहरूलाई बधाई दिन्छु। युवा खेलाड़ीहरूले हरेक म्याच जित्ने लक्ष्यको साथ मैदानमा ओर्लिनु पर्ने कुरामाथि विशेष ध्यान दिए। यसको साथमा उनीहरूले यस भावनालाई पूरा सीजनमा कायम राखे। हामी आउँँदो साल फेरि यहाँ आउनेछौं अनि ट्रफी जित्नेछौं। हामीले यस सीजनमा प्रत्येक म्याचमा जीतको मानसिकताको साथ प्रदर्शन गऱ्यौं। आउँदो सीजनमा हामी अझ राम्रो क्रिकेट खेल्नेछौं। फाइनलमा हारपछि पनि टोलीको मनोबल उच्च छछ अनि आउँदो सीजनमा अझ मजबूतीको साथ फर्किनेछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement