अहमदाबाद: आईपीएल-को १८औं सीजन यादगार फाइनलको साथ समाप्त भयो। पञ्जाब किंग्स र रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-बीच टुर्नामेण्टको फाइनल म्याच खेलियो। नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले विराट कोहलीको ४३ रनको सहायताले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो। जवाफमा पञ्जाब किंग्सले निर्धारित ओभरहरूमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो। यसरी ६ रनले म्याच जितेर आरसीबी-ले आफ्नो पहिलो आईपीएल खिताब जित्यो। म्याचपछि पुरस्कार वितरण समारोहमा खेलाड़ी र टीमहरूमाथि पैसाको वर्षा भयो। प्रत्येक वर्ष झैं यसपाली पनि आईपीएल च्याम्पियन र रनरअप् हुने टीमले मोटो रकम हासिल गऱ्यो। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले च्याम्पियन रोयल च्यालेञ्जर्स बेंगलुरुको टीमलाई २० करोड़ रुपियाँको नगद पुरस्कार प्रदान गऱ्यो। यसरी रनरअप् टीम पञ्जाब किंग्सलाई १२.५ करोड़ रुपियाँको नगद पुरस्कार प्रदान गरियो। पञ्जाबका प्रशिक्षक र सपोर्ट स्टाफलाई रनरअप् शील्डको साथमा आईपीएल लिमिटेड एडिशन घड़ी प्रदान गरियो। आईपीएलमा खर्च गरिने रकम सदा चर्चाको विषय रहेको छ। टीमहरूलाई प्रदान गरिने पुरस्कार राशिको साथमा अन्य धेरै पुरस्कारहरू पनि दिइन्छ। यसमा ओरेञ्ज क्याप (लीगमा सर्वाधिक रन बनाउने खेलाड़ी), पर्पल क्याप (लीगमा सर्वाधिक विकेट लिने खेलाड़ी) र फेयर प्ले जस्ता पुरस्कारहरू पनि सामेल छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने आरसीबी-का स्पिन अलराउण्डर क्रुणाल पाण्ड्याले २ वटा पुरस्कार जिते। उनले प्लेयर अव् द म्याच र सर्वाधिक डट बलको निम्ति १-१ लाख रुपियाँको पुरस्कार जिते। त्यही टीमका जितेश शर्माले सर्वाधिक स्ट्राईक रेटको निम्ति १ लाख रुपियाँको नगद पुरस्कार हासिल गरे। फाइनलमा पराजित भए पनि ६ वटा छक्का लगाउने पञ्जाबका शशांक सिंहले म्याचमा सर्वाधिक छक्का र फेण्टसी किंग अव् द म्याच-को रूपमा १-१ लाख रुपियाँको २ वटा पुरस्कार जिते। म्याचमा सर्वाधिक ४ वटा चौका लगाउने प्रियांश आर्यले पनि १ लाख रुपियाँको पुरस्कार जिते।
आईपीएल २०२५-को प्रमुख व्यक्तिगत पुरस्कारहरूमा गुजरात टाइटन्सका साई सुदर्शनले ४ वटा पुरस्कार जिते। उनले सत्रका सर्वश्रेष्ठ उदीयमान खेलाड़ी, फेण्टसी किंग अव् द सीजन, सत्रमा सर्वाधिक चौका र ओरेञ्ज क्यापको पुरस्कार जिते, जसमा प्रत्येकको निम्ति १०-१० लाख रुपियाँ हासिल गरे। सुदर्शनले आईपीएल २०२५-मा ७५९ रन बनाए। राजस्थान रोयल्सका १४ वर्षीय वैभव सूर्यवंशीले सत्रमा सर्वाधिक स्ट्राईक रेट (२०६.५५)-को निम्ति टाटा कर्व कार जिते। सत्रमा सर्वाधिक ४० वटा छक्का लगाउने लखनऊ सुपर जाइण्ट्सका निकोलस पूरनले १० लाख रुपियाँको पुरस्कार जिते। सत्रको सर्वश्रेष्ठ क्याचको पुरस्कार (१० लाख रुपियाँ) कामिन्दु मेण्डिसले हासिल गगरे। यसरी गुजरात टाइटन्सका पेस बलर मोहम्मद सिराजले सत्रमा सर्वाधिक डट बल (रन नबनिएको बल)-को निम्ति १० लाख रुपियाँको नगद पुरस्कार जिते। यसरी त्यही टीमका प्रसिद्ध कृष्णाले पर्पल क्याप पुरस्कार (१० लाख रुपियाँ) जिते। उनले यस सत्रमा सर्वाधिक २५ विकेट लिए। मोस्ट भेल्यूएबल प्लेयर अव् द सीजनको पुरस्कार (१५ लाख रुपियाँ) मुम्बई इण्डियन्सका सूर्यकुमार यादवले जिते। फेयर प्ले ट्रफी चेन्नई सुपर किंग्सको झोलीमा गयो। यसबाहेक पीच एण्ड ग्राउण्ड अवार्ड (५० लाख रुपियाँ) दिल्ली एण्ड डिस्ट्रिक्ट क्रिकेट एसोसिएशनलाई हासिल भयो।