एनसी क्लासिक प्रतियोगिता ५ जुलाईमा हुने घोषणा

IMG-20250603-WA0398

बेंगलुरु: भारत र पाकिस्तानबीच सैन्य संघर्षले गर्दा गत महिना स्थगित गरिएको नीरज चोपड़ा क्लासिक अन्तर्राष्ट्रिय ज्याभलिन थ्रो प्रतियोगिता अब ५ जुलाईमा बेंगलुरुमा हुने आयोजकहरूले मंगलवार जानकारी दिए। श्री कान्तीरवा स्टेडियममा हुने यस प्रतियोगितामा १२ जना खेलाड़ीले हिस्सा लिनछन्। भारतमा पहिलोपल्ट कुनै अन्तर्राष्ट्रिय ज्याभलिन थ्रो प्रतियोगिता आयोजन भइरहेको छ। पहिला यो प्रतियोगिताको आयोजन २४ मईमा हुनु थियो। यस प्रतियोगिताको आयोजन दुईपल्टका ओलम्पिकमा पदक विजेता नीरज चोपड़ाद्वारा जेएसडब्ल्यू स्पोर्ट्सको सहयोगले गरिनेछ। प्रतियोगितालाई भारतीय एथलेटिक्स महासंघ (एएफआई) द्वारा स्वीकृति प्राप्त भएको छ। प्रतियोगितामा विदेशका ७ जना शीर्ष ज्याभलिन थ्रो एथलीटले हिस्सा लिनेछन्। यसरी भारतका नीरजसहित पाँचजना खेलाड़ी रहनेछन्। भारतीयहरूमा एशियन च्याम्पियनशीपमा रजत पदक विजेता सचिन यादव, किशोर जेना, रोहित यादव र साहिल सिलवाल सामेल छन्। विदेशी एथलीटहरूमा दुईपल्टका वर्ल्ड च्याम्पियन ग्रेनेडाका एण्डरसन पीटर्स, जर्मनीका २०१६ ओलम्पिक स्वर्ण पदक विजेता थोमस रोहलर र कीनियाका २०१५ वर्ल्ड च्याम्पियन जूलियस येगो प्रमुख हुनेछन्। प्रतियोगिताको निम्ति टिकटको मूल्य १९९ रुपियाँदेखि ९९९९ रुपियाँसम्म रहने आयोजकहरूले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement