उत्तर सिक्किममा बेपत्ता पर्यटकहरू र चालकको खोजी जारी

IMG-20250603-WA0405

गान्तोक: गत २९ मईको अधिक साँझ झण्डै ७ बजी उत्तर सिक्किमको चुङ्गथाङ र लाचेन बीच मुन्सिथाङ्गमा भएको सड़क दुर्घट्नामा परेर ८ जना पर्यटक अनि एक चालक बेपत्ता भएको पाँच दिन बितिसकेको छ। जति जति समय बित्दै जाँदैछ उतिउति बेपत्ता पर्यटकहरू र चालक जिवित भेटिने आशा पनि झिनो बन्दै गइरहेको छ। यस बीच प्रतिकूल मौसम र पस्थितिको सामना गर्दै भएपनि सम्बन्धित निकायहरूले निरन्तर खोजी अभियान चलाइरहेको छ।
यसै क्रममा आज सिक्किम सरकारको पर्यटन एवं नागरिक उड्डयन विभाग र स्थानीय प्रशासनले एउटा संयुक्त खोजी अभियान चलाएको थियो जसलाई पर्यटन विभागका संयुक्त निर्देशक, एडभेञ्चर एवं सगरमाथा आरोही काजी शेर्पाले अगुवाइ गरेका थिए। यस टोलीमा इण्डियन हिमालयन सेन्टर फर एडभेञ्चर एण्ड इको टुरिजम, चेम्चे, स्थानीय पुलिस, फायर एण्ड एमर्जेन्सी सर्विसेस एवं वन विभागका कर्मचारीहरू साथै टास-का सदस्यहरू सामेल थिए। खोजी तथा उद्धार कार्यको प्रत्यक्ष जानकारी लिन केही बेपत्ता पर्यटकका परिवारका सदस्यहरू पनि घटनास्थलमा उपस्थित थिए।
अर्कोतिर एनडीआरएफ-को टोलीले पनि टिस्टा नदीको किनार निरन्तर खोजी अभियान चलाइरहेको छ। एनडीआरएफ र पर्यटन विभागले गत १ र २ जूनको दिन टिस्टा नदीमा लगभग ४ किलोमिटर तलसम्म खोजी अभियान चलाएको थियो। यसरी नै सिक्किम आर्म पुलिसका एएसआइ दावा शेर्पाको अगुवाइमा एसडीआरएफ-ले पनि गहन खोजी अभियान चलाइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement