रुख लड़ेर लाग्दा एक व्यक्तिको मृत्यु

IMG-20250603-WA0406

गान्तोक: आफ्नो आधा जिन्दगी अभाव र गरिबीमा बिते पनि आफ्नो सन्तानले गरिबीमा जीवन बिताउन नपरोस भनेर रातदिन दुःख गर्ने सन्तोष गिरी छोराछोरी पढ़ेर ठूलो मान्छे बनेको देख्न नपाइ संसार त्यागेर गए। उनले आफ्नो छोरा-छोरीको भविष्य उज्जवल होस भनेर दुःखै गरेर भएपनि स्थानीय एउटा निजी विद्यालयमा पढ़ाइरहेका थिए। आज विद्यालयको छुट्टी भएपछि छोरा र छोरीलाई लिएर घर फर्कँदै गर्दा बाटो मास्तिरको भिरबाट एउटा ठूलो रुख जरासँगै लड़ेर लाग्दा उनको मृत्यु भएको हो।
विडम्बना त के थियो भने रुख लड़ेर लाग्दा उनका अबोध छोराछोरी छेवैमा थिए। आफ्नो बाबुको अवस्था देशेर चाहेर पनि केही गर्न नसकेका बाल-बालिका मात्र रोइरहेका थिए। यो घट्ना आज अपाह्न करिब साढ़े तीन बजी पूर्व सिक्किमको राउते रुम्तेक गाउँमा निर्माणाधीन रानीपूल-बुर्तुक सड़कको हो।
४५ वर्षीय सन्तोष गिरीलाई स्थानीयहरूले हताहतार अपचारको निम्ति एसटीएनएम अस्पताल लगेको थियो तर पनि उनको ज्यान बचाउन सकिए। अस्पतालमा डक्टरहरूले उनको मृत्यु भइसकेको बताए। यसरी छोरा-छोरी पढ़ेर अफिसर भएको हेर्ने सपना छातिमै बोकेर सन्तोष गिरीले सधैंको निम्ति यस लोकबाट विदा लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement