पीड़ित परिवारबीच टिस्टामा निखोज पर्यटकहरुको खोजी अभियान तीब्र

IMG-20250603-WA0404

मंगन: गत २९ मईको बेलुकी मंगन जिल्लाअन्तर्गत मुन्सीथाङमा भएको वाहन दुर्घटनामा निखोज पर्यटकहरुलाई खोज्ने कार्य तीब्र बनेको छ। स्मरण रहोस्, दशजना पर्यटकलाई लिएर गान्तोकतर्फ फर्किने क्रममा दुर्घटना भएको थियो। दुर्घटनामा वाहन चालक लगायत अन्य १० जना परेका थिए। जसमध्ये २ जनालाई जीवित उद्धार गर्न प्रशासन र गाउँलेहरू सफल बनेका थिए। रहल ९ जनाको भने अहिलेसम्म पत्तो लाग्न सकेको छैन्। प्रतिकूल मौसम हुँदाहुँदै उद्धार टोली खोजी अभियानमा सक्रिय छन्। लगातार वर्षाले गर्दा टिस्टा नदीमा जलस्तर बढ़िरहेको कारण बचाव कार्.यमा बाधा उत्पन्न गरेको भनाइ प्रशासनको छ। पर्यटन विभागका संयुक्त निर्देशक काजी शेर्पा, उपनिर्देशक मनोज छेत्री, अनुप सुब्बा, सूचना सहायक पिन्छो भोटियाको टोलीले बचाव अभियानलाई तीब्रता दिइरहेको छ। यसलगायत जिल्ला प्रशासन, पुलिस अधिकारी, महकुमा अधिकारी, सीमा सड़क संगठनका टोली, आईटीबीपी, सेना, ट्राभल एजेन्ट एसोसिएशन अफ सिक्किमका टोलीले पनि उद्धार कार्यमा सक्रियता देखाइरहेका छन्।

दुर्घटनामा निखोज भएका पर्यटकहरूको परिवार पनि उद्दार कार्यमा सामेल भएका छन्। यो समाचार लेखुञ्जेलसम्म एनडीआरएफ टोलीले टिस्टा नदी किनारको चार किलोमिटर्वधिमा खोजी अभियान चलाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement