पर्यटन मन्त्रालयका अधिकारीहरुको टोली सिक्किम आइपुगे

IMG-20250603-WA0403

गान्तोक: भारत सरकारको पर्यटन मन्त्रालयका सहायक महानिर्देशकद्वय भारती कुमारी शर्मा, अनित राज लगायत उत्तरपूर्वी राज्यको क्षेत्रीय कार्यालय अधिकारी चार दिवसीय भ्रमणको निम्ति सिक्किम आइपुगेका छन्। सिक्किम आउने क्रममा टोलीलाई पश्चिम बंगालको बागडुग्रा हवाइ अड्डमा सिक्किम सरकारका अधिकारीहरुले स्वागत जनाए। आगामी नोभेम्बर महिनामा पेलिङमा आयोजन गरिने १३औं इन्टरनेश्नल टुरिज्म मार्ट-२०२५ बारे जानकारी लिन आएको टोलीले विभागीय अधिकारीहरुसंग बैठक गर्ने कार्यक्रम रहेको छ। उल्लेख्य, भारत सरकारको पर्यटन मन्त्रालय र सिक्किम सरकारको संयुक्त पहलमा उक्त महोत्सव आयोजन गरिने तय भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement