गान्तोक: अविरल वर्षाको कारण राज्यको विभिन्न स्थानमा पैह्रोले प्रभावित बनाएको छ। टिस्टा नदीमा जलस्तरमा बढ़ेपछि विभिन्न ठाउँमा पैह्रोले त्राही त्राही बनाएको छ। उक्त विषयलाई ध्यानमा राख्दै राज्यपाल ओमप्रकाश माथुरले आज सिङताम क्षेत्रको भ्रमण गरे। भ्रमणको क्रममा राज्यपालले स्थानीय प्रशासनसँग आपतकालीन राहत कार्यबारे समीक्षा गर्दै प्रभावी ढङ्गमा पदक्षेप लिने निर्देश दिएका छन्। यसबाहेक उनले सिङतामबासीलाई सतर्क बस्ने र उनीहरूको सुरक्षा सुनिश्चित गर्न सम्वन्धित निकायले पहल गर्ने निर्देश दिएका छन्। यस अवसरमा राज्यपालले स्थानीयहरूसँग अन्तर्क्रिया पनि गरे। उक्त अवसरमा जिल्ला प्रशासन, पुलिस अधिकारी र आपदा प्रबन्धन विभागका अधिकारीहरू पनि उपस्थित रहेका थिए।