चियाबारी श्रमिकहरूलाई यसपाली एकै किस्तामा बीस प्रतिशत बोनस दिनु पर्ने चिया श्रमिक सुरक्षा समितिको मांग

IMG-20220915-WA0171.jpg

दार्जिलिङ: दार्जिलिङ पहाड़मा चिया श्रमिकहरूलाई एकै किस्तामा २० प्रतिशतले बोनस दिनु पर्ने चिया श्रमिक सुरक्षा समितिले मांग गरेका छन्। चिया श्रमिक सुरक्षा समितिले आज दार्जिलिङ प्रेस गिल्डमा पत्रकार सम्मेलन गरेर उक्त मांग गरेका छन्। यसपाली चियाबारी श्रमिकहरूलाई २० प्रतिशत बोनस केवल एकै किस्तामा दिनु पर्ने मांग पनि चिया श्रमिक सुरक्षा समितिले गरेका छन्। यस विषयमा चिया श्रमिक सुरक्षा समितिले दार्जिलिङको जिल्लापाल र दार्जिलिङ टि एसोसिएशनलाऊ ज्ञापन दिएको छ। समितिको सह सचिव समन थापाले तराई अनि डुवर्सको चियाबारीहरूका श्रमिकहरूलाई २० प्रतिशतले बोनस दिने तय भईसकेको भए पनि दार्जिलिङ पहाड़को चिया श्रमिकहरूको बोनस भने अहिलेसम्म पनि कुनै निर्णय नभएको बताएका छन्। उनले दार्जिलिङ चियाबारीको जहिले पनि विभिन्न बहाना देखाएर कम्ती दरमा बोनस दिने र त्यसमा पनि दुई किस्तामा दिने गरेकोमा आपत्ति जनाएका छन्। त्यसैले यसपाली कुनै पनि हालतमा २० प्रतिशतभन्दा कम्ती दरमा बोनस ग्रहण नगरिने अनि कुनै पनि हालतमा एकै किस्तामा बोनस दिनु पर्ने मांग गरेका छन्। उनले भोलि १६ सेप्टेम्बरको दिन बोनसलाई लिएर मालिक पक्ष र श्रमिक संगठनमाझ सभा हुने थाहा लागेको बताउँदै उक्त सभामा भाग लिने श्रमिक संगठनहरूले पनि २० प्रतिशतभन्दा कम बोनस स्वीकार नगर्ने आह्वान् गरेका छन्। चियाबारी श्रमिकहरूको बीस प्रतिशत बोनसको लागि सबै चियाबारी श्रमिकहरूलाई एक हुने आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement