खरसाङ बजारमा जताभावी टाँगिएका तारहरु हटाउने कार्य शुरु

IMG-20250603-WA0329

खरसाङ: आजदेखि खरसाङ बजारमा रहेको क्याबलको तारहरु र अन्य तारहरु पनि हटाउने कार्य शुरु गरिएको छ। गत शनिवार खरसाङको हाट बजार पस्ने ठाउँ वर्ध्दमान रोडमा रहेको बिजुली बत्तीको पोलमा आगो लागेको घटनापछि जताभावी टाँगिएका तारहरु हटाउने कार्य शुरु गरिएको छ‌। यसको निम्ति हिजो सोमबार खरसाङ महकुमा शासकद्वारा विभिन्न क्याबल लाइनका प्रतिनिधिहरु, विद्युत विभाग, अग्निशमन विभाग र खरसाङ नगरपालिकामाझ सभा सम्पन्न भएको थियो। उक्त सभापछि आजदेखि खरसाङ बजारमा जताभावी टाँगिएका तारहरु हटाउने कार्य शुरु गरिएको छ। उक्त तारहरु हटाउने कार्यमा खरसाङ नगरपालिका, पुलिस प्रशासन र खरसाङ महकुमा शासकको उपस्थितिमा गरिएको जानकारी प्राप्त भएको छ। उक्त कार्य अब निरन्तर चल्ने जानकारी प्राप्त भएको छ‌‌। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको‌ भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ बजारमा जताभावी टाँगिएका तारहरु हटाउने कार्य शुरु गरिएको र यो कार्य निरन्तर रुपमा चल्ने जानकारी गराएका छन्‌‌। उनले अब खरसाङ बजारमा जताभावी टाँगिएका होडिङ्गहरु पनि हटाउने बताएका छन्‌। उनले आज हटाइएको सबै क्याबल तारहरु उठाएर नगरपालिकामा लगिएको जानकारी गराएका छन्।

सुवास प्रधानले अब खरसाङ बजारमा तारहरु टाँङ्नलाई नगरपालिकाको अनुमति लिनु पर्ने र नगरपालिकाबाट अनुमति पाएर मात्र तारहरु लगाउन पाइने बताएका छन्। उनले जताभावी टाँगिएका होडिङ्गहरु र तारहरुले खरसाङ बजारको सुन्दरतालाई कुरुप बनाएकोले यो हटाउने कार्य शुरु गरिएको जुन निरन्तर रुपमा चल्ने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement