भगवान् श्री सत्य साई बाबाको दिव्य रथ यात्रा महानदी-तीनधारे क्षेत्रमा भक्तजनद्वारा दर्शन

IMG-20250603-WA0323

खरसाङ: भगवान् श्री सत्य साई बाबाको ‘साई स्पर्श’ रहेको दिव्य रथ प्रेम प्रवाह वाहिनी यात्रा मंगलबार बिहान महानदी आईपुगेको थियो। भगवान् श्री सत्य साई बाबाको एक सय वर्षको जन्म शतवार्षिकीको पावन अवसरमा आन्ध्र प्रदेशको पुट्टापर्तीस्थित प्रशान्ति निलायमबाट निस्केको उक्त दिव्य प्रेम प्रवाह वाहिनी रथ यात्रा एक महिना सिक्किम भ्रमण गरेर गत ३१ मईको दिन कालेबुङ र १ जूनको दिन दार्जिलिङ आएर बसी गत २ जूनको दिन दार्जिलिङबाट राती खरसाङ आएर बसेर मंगलबार बिहान खरसाङबाट निस्केर गिध्द पहाड हुँदै महानदी आई पुगेको थियो‌‌। भगवान् श्री सत्य साई बाबाको ‘साई स्पर्श’ प्रशान्ति वाहिनी रथ यात्रा महानदी आईपुग्दा यस क्षेत्रका साई भक्त मानिसहरुले भक्तिभावको साथमा स्वागत जनाएका थिए।‌ उक्त रथ यात्रा महानदीमा केही झण दर्शनको लागि राखिएको थियो। यस अवसरमा महानदी, सिविटार, घुम्ती कमान, जंगपाना क्षेत्रका श्री सत्य साई बाबाको अनुयायीहरू एंव भक्तहरुले भगवान् श्री सत्य साई बाबाको प्रशान्तिको मन्दिर र ‘साई स्पर्श’ को दर्शन गरेका थिए। यस अवसरमा श्री सत्य साई बाबा मण्डली महानदी -सिविटारको संयोजक हेमकुमार छेत्री, निता प्रधान, हिरा प्रधान लगायत अन्यहरुको अगुवाईमा ‘साई स्पर्श’ को दर्शन गरेर आशिर्वाद लिएका थिए।

उक्त साई रथ महानदी बिहानको लगभग 9 बजी आईपुगेको थियो‌।‌ महानदीबाट घैयाबारी, तीनधारे, चयनभट्टी हुँदै सुकना, सालबारी र सिलगढी भएर डुवर्स पुग्ने बताइएको छ।‌ उक्त प्रशान्ति वाहिनी रथ यात्रालाई महानदीमा स्वागत एंव दर्शन गरिएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महानदी र सिविटार क्षेत्रका संयोजक हेमकुमार छेत्रीले प्रशान्तिको निलायमबाट निस्केको दिव्य रथ यात्रा महानदीमा आउनु हाम्रो लागि दिव्य दर्शन रहेको बताउँदै उक्त साई स्पर्शको दर्शन गर्न पाउँदा आफूहरु धेरै खुशी रहेको पनि बताएका छन्।

उनले यो यात्रा प्रशान्तिबाट निस्केर एक महिना सिक्किम भ्रमण गरेर कालेबुङ हुँदै दार्जिलिङ आएर खरसाङ हुँदै आज महानदी आएको जानकारी गराएका छन्। उनले यस दिव्य रथको दर्शन गर्न महानदी, घुम्ती, सिविटार, जंगपाना क्षेत्रका साई भक्तहरु आएर दर्शन गरेको पनि जानकारी गराएका छन्‌‌। उक्त दिव्य रथ यात्रा महानदीबाट घैयाबारी, तीनधारे, चयनभट्टी हुँदै सुकना, सालबारी र सिलगढी भएर डुवर्स पुग्ने बताइएको छ।‌

उक्त दिव्य रथ यात्रा घैयाबारीमा रहेको साई मन्दिरमा दर्शनको लागि केही क्षण राखिएको थियो जहाँ भक्तजनले दर्शन गरेका थिए।‌ त्यसरी नै तीनधारेको होटल गैरी क्षेत्रमा दिव्य रथ यात्रालाई स्वागत जनाउँदै दर्शन गरिएको थियो। यसको साथै तीनधारेबाट चुनभट्टीमा‌ पनि दर्शनको लागि रोकिएको थियो जहाँ मानिसहरुले दर्शन साथै आशिर्वाद लिएका थिए।‌ यहाँबाट सुकना, सालबारी र सिलगढी हुँदै डुवर्स जाने जानकारी प्राप्त भएको छ‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement