उत्तरबंग विश्वविद्यालयका उप-कुलपतिले राजीनामा दिनुपर्ने मागमा एबीभीपी द्वारा विरोध प्रदर्शन

IMG_20220916_004804.jpg

सिलगढी: उत्तरबंग विश्वविद्यालयका उप-कुलपतिले राजीनामा दिइनुपर्ने माग गर्दै एबीभीपी ले आज विरोध प्रदर्शन गर्यो। संगठनका सदस्यहरूले आज उप-कुलपतिले राजीनामा तथा पक्राउ गरिनुपर्ने लगायत विविध मागलाई लिएर विरोध प्रदर्शन गरे एबीभीपीका राज्य सचिव सुबव्रत अधिकारीले बताए अनुसार उप-कुलपतिको विविध भ्रष्टाचारलाई लिएर आज आफूहरूले विरोध प्रदर्शन गरेका हाँ। यसभन्दा अघि पनि विरोध प्रदर्शन गरेका थियौँ भने त्यस समय आफूहरूको ८ जना सदस्यलाई पक्राउ गरिएको थियो। आगामी दिनमा पनि विरोध प्रदर्शन गर्नेछौं। उक्त विरोध प्रदर्शन अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर मतिगढा पुलिस तैनाथ गरिएको थियो।

About Author

Advertisement