सिलगढी: उत्तरबंग विश्वविद्यालयका उप-कुलपतिले राजीनामा दिइनुपर्ने माग गर्दै एबीभीपी ले आज विरोध प्रदर्शन गर्यो। संगठनका सदस्यहरूले आज उप-कुलपतिले राजीनामा तथा पक्राउ गरिनुपर्ने लगायत विविध मागलाई लिएर विरोध प्रदर्शन गरे एबीभीपीका राज्य सचिव सुबव्रत अधिकारीले बताए अनुसार उप-कुलपतिको विविध भ्रष्टाचारलाई लिएर आज आफूहरूले विरोध प्रदर्शन गरेका हाँ। यसभन्दा अघि पनि विरोध प्रदर्शन गरेका थियौँ भने त्यस समय आफूहरूको ८ जना सदस्यलाई पक्राउ गरिएको थियो। आगामी दिनमा पनि विरोध प्रदर्शन गर्नेछौं। उक्त विरोध प्रदर्शन अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर मतिगढा पुलिस तैनाथ गरिएको थियो।










