दार्जिलिङ हिमालयन रेलवेद्वारा दिगो पर्यटन र पर्यावरण सचेतनाको लागि खरसाङदेखि तीनधारेसम्म साईकिल रैलीको आयोजना

IMG-20250603-WA0321

खरसाङ: विश्व साईकिलिङ दिवसको अवसरमा दार्जिलिङ हिमालयन रेलवेको आयोजनामा दिगो पर्यटन, दिगो ट्राभल्स, दिगो फिटनेस र पर्यावरण सचेतना जगाउँदै खरसाङदेखि तीनधारेसम्म साईकिल रैलीको आयोजना गरिएको छ‌। उक्त साईकल रैली बिहान खरसाङ रेलवे स्टेशनबाट शुरु भएर राष्ट्रिय राजमार्ग हुँदै तीनधारेस्थित दार्जिलिङ हिमालयन रेलवेको कारखाना परिसरसम्म आयोजना गरिएको छ‌। उक्त साईकल रैलीलाई खरसाङ रेलवे स्टेशनमा दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरीको विशेष उपस्थितिमा खरसाङ रेलवे स्टेशनको स्टेशन म्यानेजर निन्दिया शेर्पा र आरपीएफको एएसआई मिनबहादुर छेत्रीको बाहुलीबाट झण्डा हल्लाएर शुरु गरिएको थियो। उक्त साईकल रैली खरसाङबाट गिध्द पहाड, महानदी, घैयाबारी हुँदै तीनधारेस्थित रेलवे कारखानामा पुगेर समापन गरिएको थियो। उक्त साईकल रैलीमा विभिन्न स्थानहरुबाट आएका जम्मा २५ जना साईकलिष्टहरुले भाग लिएका‌ थिए। तीनधारेमा पुगेर समापन भएपछि दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरीको बाहुलीबाट सबै सहभागीहरुलाई मेडल र उपहार प्रदान गरिएको छ‌। उक्त साईकल रैली विषयमा पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरीले ‘विश्व साईकिलिङ डे’ को अवसरमा खरसाङदेखि तीनधारेसम्म साईकिल रैलीको आयोजना गरिएको र आजदेखि नै समर फेस्टिवल सुरु भएको जानकारी गराएका छन्‌। उनले दिगो पर्यटन, दिगो ट्राभल्स, दिगो फिटनेस र पर्यावरण सचेतना जगाउँदै खरसाङदेखि तीनधारेसम्म साईकिल रैलीको आयोजना गरिएको जानकारी गराएका छन्।‌ उनले पुरानो समयमा यातायातको मुख्य साधन नै साईकल रहेको र अहिले दार्जिलिङ हिमालयन रेलवेको वाष्पचालित ईञ्जिन पनि तेस्तै रेहको बताउँदै यसलाई पर्यटनको लागि संरक्षण गर्न आवश्यक रहेको बताएका छन्‌। उनले यो साईकल रैली गरिएको र आगामी दिनमा प्रतियोगिता पनि आयोजना गरिने जानकारी गराएका छन्‌‌।

यस साईकल रैलीमा‌ सहभागिता जनाउन आएकी अतिरिक्त जिल्ला पुलिस अधीक्षक (अडिशनल एसपी) सलिमा लामाले आज साईकलिङ गर्न राम्रो लागेको बताउँदै यस यात्रामा ट्राफिक जाम‌ नभएको र शान्ता वातावरणमा एकदमै यात्रा रहेको जानकारी गराएकी छन्‌। उनले डीएचआरले पर्यटनको लागि राम्रो काम गर्ने आशा रहेको बताउँदै साईकिलिङको लागि राम्रो स्थान चयन गरिएको जानकारी गराएकी छन्। उनले हाम्रो सुन्दर स्थानको यसरी नै प्रमोट गर्दै लानु पर्ने पनि बताएकी छन्‌।‌ यसमा सहभागिता जनाउने अन्य सहभागीहरुले पनि आफ्नोे आफ्नो अनुभवहरु बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement