कुख्यात अपराधी आग्नेयशास्त्रसहित मतिगढाबाट पक्राउ

IMG_20220915_205854.jpg

सिलगढी: मतिगढ़ा थानाको एन्टी क्राइम विङले एकजना कुख्यात अपराधी एमडी एकरम उर्फ बाबुलाई आग्नेयास्त्रसहित पक्राउ गरेको छ। पक्राउ गरेपछि आज उनलाई सिलगढी अदालतमा पेश गर्यो। यस अपराधीलाई पक्रिने क्रममा एकजना पुलिसकर्मी घाइते पनि भएका छन्। प्राप्त जानकारी अनुसार गत राति मतिगडा थानाको एन्टी क्राइम विडले मतिगढाको विश्वास कोलनी निवासी कुख्यात अपराधी तथा मादक पदार्थ तस्कर एमडी एकरम उर्फ बाबुले आग्नेयास्त्रको नयाँ व्यवसाय शुरू गरेको खबर पाएपछि उक्त इलाकामा अभियान चलाएर एकरमलाई पक्राउ गरेको बताइएको छ। पुलिसले एकरमलाई थानामा ल्याउन अघि एकरमको परिवार लगायत स्थानीय केही महिलाहरूले पुलिसलाई घेराउ गरेर एकरमलाई पुलिसको हातबाट छुट्याउने प्रयास गर्दा एन्टी क्राइम विङका पुलिस अफिसर उदय चक्रवर्ती घाइते भएका छन्। यसपछि पुलिस कमिश्नरेटबाट धेरै संख्यामा पुलिस बल घटनास्थलमा पुगेर एकरमलाई थानामा लिएर आएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement