सिलगढी: झुन्डिरहेको अवस्थामा सिलगडी महकुमा परिषद भवनको तीन तल्लाको कार्यालयबाट एकजना कर्मचारीको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार मृतक व्यक्ति सुब्रत सरकार केही वर्ष अघिदेखि सर्व शिक्षा मिशनको डिस्ट्रिक प्रोग्रामको अर्डिनेटरको पदमा कार्यरत थिए। के कारणले गर्दा तिनले आत्महत्या गरेको हो भन्ने विषयमा परिवारका सदस्यहरू अन्योलमा छन्। घटनास्थलबाट एउटा सुसाइट नोट पनि उद्धार गरेको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। आज बिहान सुव्रत सरकार आफ्नो कार्यालय गएका थिए। यसपछि सफाई कर्मीहरू कार्यालय सफा गर्नको लागि जाँदा कार्यालयभित्र झुन्डिरहेको अवस्थामा तिनको शव देखेको बताइएको छ।










