नयाँ दिल्ली: एथलेटिक्स इण्टिग्रिटी यूनिट (एआईयू) ले डोपिंग उल्लंघनले गर्दा प्रतिस्पर्धा गर्न अयोग्य रहने ट्रयाक एण्ड फील्ड एथलीटहरूको ताजा वैश्विक सूची जारी गरेको छ, जसमा भारत दोस्रो स्थानमा कायम छ। एआईयू-ले ३१ मईमा सूची जारी गरेको छ, जसमा भारतका १२८ एथलीट सामेल छन्। यस सूचीमा केन्या (१३४) शीर्ष स्थानमा रहेको छ। यस सूचीमा ती खेलाड़ीहरू पनि सामेल छन् जो राष्ट्रिय स्तरका मामिलाहरू र फसेलाहरूले गर्दा अयोग्य रहे। भारत धेरै सालदेखि सर्वाधिक डोपिंग मामिलाहरू भएको देशहरूमा सामेल रहेको छ अनि यस्तो चलन जारी रहे देशमाथि नै प्रतिबन्ध लाग्न सक्ने भारतीय एथलेटिक्स महासंघ (एएफआई) ले चिन्ता व्यक्त गरिसकेको छ। मईमा एआईयू-ले १४ जना खेलाड़ीमाथि प्रतिबन्ध लगाएको थियो, जसमा केन्याका ५ र भारतका ३ जना एथलीट सामेल थिए।