उत्तर सिक्किमको हालको प्राकृतिक प्रकोपलाई आपदा घोषित

IMG-20250602-WA0554

गान्तोक: गत २८ मईदेखि परेको अविरल वर्षाको कारण उत्तर सिक्किममा भएको क्षय क्षतिलाई सिक्किम सरकारले आधिकारिक रुपमा आपदा घोषित गरेको छ। यस आपदामा परेर अहिलेसम्म कम्तिमा तीनजनाको ज्यान गएको छ भने धेरै धनसम्पत्तिको नोक्सानी भएको छ। सिक्किम राज्य आपदा व्यवस्थापन प्राधिकरणबाट स्वीकृति अनि राज्य कार्यकारी समितीको सिफारिसपछि सरकारले यो घोषणा गरेको हो।
सिक्किम सरकारको भू-राजस्व एवं आपदा प्रवन्धन विभागद्वारा जारी अधिसूचनाअनुसार आपदा व्यवस्थापन ऐन २००५ को धारा २२(२)(ख) अन्तर्गत उत्तर सिक्किममा अविरल वर्षाको कारण भएको क्षतिलाई आपदा-को रुपमा वर्गीकृत गरिएको हो। यस घोषणाले प्रभावित क्षेत्रमा तत्काल राहत र पुनर्स्थापनाको प्रयासलाई सहज बनाउने लक्ष्य राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement