मंगन जिल्लाको विभिन्न गाउँहरुमा विकसित कृषि संकल्प अभियान

IMG-20250602-WA0649

मंगन: मंगन जिल्लाको विभिन्न स्थानमा प्राकृतिक प्रकोपले ताण्डव मचाइरहे तापनि कतिपय ठाउँमा कृषि कार्यक्रमहरु सक्रिय छन्। यसअन्तर्गत कृषि विज्ञान केन्द्रको पहलमा माङसिलाको तिबुक ग्राम पञ्चायत यूनिटमा भारत सरकारको विकसित कृषि संकल्प अभियान सफलतापूर्वक सम्पन्न भयो। वरिष्ठ वैज्ञानिक तथा केभीके उत्तर सिक्किमका प्रमुख दिनेश बस्नेतको नेतृत्वमा रहेको टोलीले अप्पर जुशिङ र तिङजे गाउँमा पुगेर स्थानीय कृषकहरुलाई अभियानबारे जागरुकता गराएका थिए। यसबीच बागवानी विभागीय अधिकारी रिन्चेन डी. डेन्जोङ्पाको नेतृत्वमा रहेको दोस्रो टोलीले अप्पर रालक, निम्न रालक र तिबुकका कृषक समुदायसित अन्तर्क्रिया गरे। कार्यक्रममा विकसित कृषि संकल्प अभियान सिक्किम राज्यका नोडल अधिकारी डा. प्रताप सुब्बाको उपस्थित स्थानीय कृषक समुदायलाई खेतीबारे प्रोत्साहित गरे। आपदाको चुनौतीपूर्ण परिस्थितिबीच पनि ठूलो संख्यामा कृषकहरूले भाग लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement