भविष्य भारतका प्रतिनिधिहरूलाई लिएर बैठक सम्पन्न

IMG-20250602-WA0645

सोरेङ: सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा जिल्लापाल धिरज सुवेदीको अध्यक्षतामा बसेको भविष्य भारत संस्थानको बैठकले केही महत्वपूर्ण निर्णयहरु ग्रहण गरेको छ। भविष्य भारतले वर्ष २००८ देखि राज्यको स्वास्थ्य, शिक्षा, जिविकोपार्जन र सामाजिक विकास हेतु काम गर्दै आइरहेको छ। आज बसेको बैठकमा विशेष गरेर महत्वकांक्षी व्लक चुम्बुङमा नीती आयोगको ग्रामीण विकास योजना कार्यावन्यनबारे छलफल गरियो। यो परियोजना एलटीआइ मेन्डट्री फाउण्डेसनको आर्थिक सहयोगमा भविष्य भारतद्वारा शुरू गरिएको हो। बैठकमा भविष्य भारतका प्रतिनिधि प्रशान्त छेत्रीले प्रस्तावित परियोजनाबारे पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा जानकारी गराए। यस योजनाअन्तर्गत शिक्षा, पोषण, शिक्षा अनि खेलकूद लगायत अन्य विषयबारेमा जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement