शब्द समय सालबारीको १४२औँ प्रकरण सम्पन्न

IMG-20250602-WA0635

सालबारी: शब्द समय सालबारीको १४२औँ प्रकरण साविता गोमदेन साहित्य कक्ष सालबारीमा सम्पन्न भयो। कार्यक्रमको शुभारम्भ समाजसेवी मिलन रुचालको वक्तव्यद्वारा भयो। शब्द समयमा पहिलोपल्ट आउने स्रष्टा दिलबहादुर राईलाई मिलन रुचालको बाहुलीबाट खादा पहि-याएर स्वागत गरियो। कवि मोहन ठकुरीले दिलबहादुर राईको सङ्क्षिप्त परिचय राखे। रचनापाठको क्रममा दिलबहादुर राई, नोर्जाङ स्याङदेन, क. महेशकुमार सुब्बा, ज्ञानेन्द्र खतिवडा, कृष्णप्रधान ‘अर्पण’, मन प्रसन्न योञ्जन र लीलबहादुर सोनारले कविता पाठ गरेर सुनाए। कविता भट्टराई अधिकारीले कतिपय रोचक टुक्का कविता र नीरा सुब्बा नेचालीले हाइकु सुनाए। फेरि मणिकुमार प्रधान र जीत सुनारले लघुकथा पाठ गरे भने गंगा प्रधानले हिन्दीमा लेखिएको आफ्नो खण्डकाव्यको एकांश पाठ गरे। मोहन ठकुरीले अविनाश श्रेष्ठद्वारा लिखित एउटा कविता सुनाए भने समीर शर्माले दुई ओटा गजल सुनाए। अन्त्यमा, पूर्ण मंगरले चार कालमाथि लेखिएको ‘एक दृष्टि’ पढेर सुनाए। महर्षि कॉलेज ऑफ वैदिक एस्ट्रॉलोजी, उदयपुरबाट अङ्क-ज्योतिषी र वास्तुमा पीएचडी जस्तो गरिमामय सम्मान लाभ गरेकोमा डा. लक्ष्मी देवानलाई मोहन ठकुरीद्वारा खादा पहि-याएर हार्दिक सम्मान जनाइयो। डी.एस. बमजन, टंक शर्मा, अनु हेवर्थ, हरीश मोक्तान, डम्बर सिंह, सोहिनी सिंह पनि सभामा उपस्थित थिए।
अन्त्यमा कवि ज्ञानेन्द्र खतिवडाले आफ्नो समापन वक्तव्यपछि धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन भएको घोषणा गरे। यसरी शब्द समयको १४२औँ प्रकरण सुचारु रूपले सम्पन्न भयएको जानकारी शब्द समय सालबारीको संयोजक जीत सुनारले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement