दार्जिलिङ: आज दार्जिलिङको लिजाहिल चियाबारी अन्तर्गत ६ नम्बर डाँडामा बाटोको उद्घाटन गरिएको जानकारी प्राप्त भएको छ। यो छ नम्बर डाँडा लिजाहिल अनि चुङथुङ क्षेत्र वासिन्दाहरुको निम्ति एक ऐतिहासिक डाँडा पनि हो। जहाँ हरेक राजनैतिक पार्टीहरूको जनसभादेखि लिएर अन्य रमाईलो कार्यक्रमहरु आयोजन हुने गर्छ। तर अहिलेसम्म यो डाँडादेखि लिजाहिल क्षेत्रका विभिन्न गाउँ प्रवेश गर्ने मुल बाटोको निर्माण हुन सकेको थिएन। जीटीए प्रमुख कार्यपाल अनित थापा अनि समष्टि सभासद सन्दिप छेत्रीको विशेष पहलमा यो सिमेन्टेड बाटो निर्माण भएको बताइएको छ। आज यसै बाटोको उद्घाटन फूल खेतीमा दार्जीलिङ क्षेत्रमा ख्याति कमाएका सिलवेष्टर राईको बाहुलीबाट गरिएको छ।

जहाँ सभासद सन्दिप छेत्री, पञ्चायत समितिको कर्माध्यक्ष अरुण छेत्री, वार्ड सदस्य सचिन राई अनि विभिन्न गाउँका वरिष्ठ व्यक्तित्वहरु उपस्थित थिए भनी जानकारी प्राप्त भएको छ।