खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम)को विचारधारा र पार्टी अध्यक्ष अनित थापाको नेतृत्वबाट प्रभावित भएर कालिझोडा क्षेत्रका धेरै परिवारहरू पार्टीमा सामेल भएको जानकारी प्रेस विज्ञप्तिमार्फत् जानकारी गराइएको छ। यस अवसरमा बीजीपीएमको कालिझोडा ब्लक कमिटी र शाखा कमिटीको आयोजनामा केन्द्रीय समिति युवा शक्ति संगठनका सचिव तथा ब्लक कमिटी अध्यक्ष सुरज तामाङ, शाखा सभापति राजु तामाङ, सचिव लाक्पा शेर्पा, युवा शक्ति संगठनका सदस्यहरू तथा अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए। कार्यक्रममा नयाँ सदस्यहरूलाई पार्टी नेतृत्वले खदार्पण गरी स्वागत गरे। उक्त अवसरमा नेताहरूले पार्टीको नीति, लक्ष्य र भविष्यका योजनाहरूबारे जानकारी दिँदै संगठनमा नयाँ सदस्यहरूको आगमनले पार्टी अझ बलियो बन्ने आशा व्यक्त गरे।

पार्टीले आगामी दिनहरूमा गाउँस्तरमा जनसम्पर्क अभियान बढाउने र स्थानीय समस्याहरू समाधान गर्न प्रतिबद्धता दोहोर्याएको छ। नयाँ सदस्यहरूले पनि पार्टीको विचारधारासँग आफूलाई जोड्न सफल भएकोमा खुशी व्यक्त गरेका छन्।