सूचना अनि सांस्कृतिक विभाग खरसाङद्वारा शोक सभा

IMG-20250602-WA0612

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको दार्जिलिङस्थित कार्यालयका बडाबाबु सुरज गुरुङको निधनमा खरसाङमा पनि शोक सभा गरेर श्रध्दाञ्जली अर्पण गरिएको छ।‌ सूचना अनि सांस्कृतिक विभागको खरसाङस्थित कार्यालयमा विभागीय कर्मचारीहरुले शोक सभाको आयोजना गरेर बडाबाबु सुरज गुरुङको आकस्मिक निधनमा श्रध्दाञ्जली अर्पण गरिएको छ। उक्त शोक सभामा कर्मचारीहरुले उनको आकस्मिक निधनमा‌ गहिरो श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन् भने स्व. सुरज गुरुङको चिर आत्माले शान्ति पाउन् भनी मौन प्रार्थना पनि गरिएको जानकारी प्राप्त भएको छ। शोक सभामा वक्ताहरुले स्व. गुरुङ एक कुशल अनि मृतुभाषी रहेको साथै एकजना कर्मचारीमा हुनु पर्ने गुण द्वारा परिपूर्ण रहेको पनि बताएका छन्। वक्ताहरुले स्व सुरज गुरुङ मिलनसार प्रवृत्तिको रहेको बताउँदै उनको निधनले विभागलाई ठूलो क्षति पुगेको बताएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement