खरसाङ स्कूल अफ् म्युजिकको १८औं वार्षिक कन्सर्ट सम्पन्न

IMG-20250602-WA0611

खरसाङ: खरसाङ स्कूल अफ् म्युजिकको १८औं वार्षिक कन्सर्ट खरसाङको राज राजेश्वरी हलमा आयोजना गरेको छ।‌ उक्त वार्षिक कन्सर्टमा प्रायः ६० जना विद्यार्थीहरूले कीबोर्ड, गीटार, ड्रम्सको एन्सेम्बलहरू साथै सोलो प्रस्तुत गरेका थिए। यस वर्षको विषय वस्तु ‘गोखा रक्स’ थियो। २००२ देखि यता कसरी आफमनै नेपाली भाषामा रक गीतहरू पहाडका रक ब्याण्डहरूले गाउन थालेका थिए भन्ने विषयलाई लिएर स्कूलका विद्यार्थीहरूको तीनवटा ब्याण्डहरूले मन्त्र व्याण्डको ‘तिमी बिना’, चक्र व्याण्डको ‘मायालु’ र रिइन्कारनेशन व्याण्डको ‘हिजसम्म’ जस्ता प्रसिद्ध गीतहरू सुन्दर ढंगमा प्रस्तुत गरेका थिए। यस कार्यक्रममा अर्को विशेष आकर्षण युवतीहरूको ब्याण्ड थियो। यस व्याण्डको सानो डमर, डुइड को असाधारण प्रस्तुतिले सबै दर्शकको मन जित्न सफल भएको बताइएको छ। कार्यक्रममा ट्रिनिटी, लण्डन ग्रेड परीक्षामा डिस्टिंसन ल्याउने १४ जना विद्यार्थीहरूलाई मुख्य अतिथिको रुपमा उपस्थित सभासद श्याम शेर्पाको बाहुलीबाट मार्कसीट र स्मृति चिन्ह प्रदान गरियो। यसको साथै खरसाङ स्कूल अफ् म्युजिकको मूल खाबोहरू मुखिया परिवारलाई अभय मनेन र परिवारबाट सम्मान जनाइएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement