तीनधारे: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको तत्वावधानमा महानदी ग्राम पञ्चायत अन्तर्गत गिताङ्गे बुथ कमिटीको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा गिताङ्गे बुथ कमिटीको सचिव उदय छेत्रीको अध्यक्षतामा र मणिकुमार विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको छ। सभामा भागोप्रमोको गिताङ्गे बुथ कमिटीको प्रतिनिधिहरु, युवा शक्ति, नारी शक्ति र ट्रेड युनियनको प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, गिताङ्गे बुथ कमिटीको सचिव उदय छेत्री र पञ्चायत सदस्य जुना छेत्रीले सम्बोधन गरेका थिए। सभामा गिताङ्गे बुथ कमिटीको नारी शक्तिको कमिटीलाई अझ सशक्तीकरण गर्नलाई चारजना संयोजकहरु चयन गरिएको छ। चारजना संयोजकहरुमा सानसित लामा, शारदा छेत्री, गंगा गजमेर र अन्य एकजना चयन भएका छन् यसै सभामा गिताङ्गेको भातृ संगठनमा उप सभापतिको रुपमा बिजय छेत्री र सह सचिवको रुपमा साजन थापालाई चयन गरिएको छ। सभामा निर्णय गरिए अनुसार गिताङ्गे बुथ कमिटीको नारी शक्तिको सांगठनिक सभा आगामी शनिबार र नारी, युवा, ट्रेड र भागोप्रमो सबैलाई लिएर आगामी आईतबार सांगठनिक सभा आयोजना गरिने भएको छ। उक्त सांगठनिक सभामा रिक्त रहेका पदहरुमा नयाँ पदाधिकारीहरु चयन गरिने भएको जानकारी भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले जानकारी गराएका छन्।