कालचिनी: एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको प्रांगणमा गत १२ सेप्टेम्बरदेखि शुरु भएको चार दिवसीय खो-खो म्याचको प्रतियोगितामा अन्ततः सिलगढ़ी सीमान्तका दुवै महिला अनि पुरुष वर्गको टीमले जीत हासिल गरेको छl एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयबाट यसबारे बताइएको छ। बिहीबार अन्तिम दिनको फाइनल म्याचको समापन समारोहमा मुख्य अतिथिको रुपमा एसएसबी जलपाईगुड़ीका उपमहानिरीक्षक परीक्षित बेहेराको उपस्थित थिए भने विशिष्ट अतिथिमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयका कमान्डेन्ट मनोहरलाललगायत अन्यान्य अधिकारीहरु उपस्थित थिए।

एसएसबीको जम्मा ६ वटा सीमान्त मुख्यालयहरु क्रमैले रानीखेत, लखनउ, पटना, सिलगढ़ी, तेजपुर र गुवाहाटी सीमान्त मुख्यालयका पुरुष अनि महिला टीमलाई लिएर सम्पन्न भएको फाइनल म्याचको दुवै वर्गको खोखो खेलमा सिलगढ़ी सीमान्तले विजय सुनिश्चित गरेको थियो। बिहीबार विजेता टीमलाई एसएसबी जलपाईगढीका उपमहानिरीक्षक परीक्षित बेहेराको बाहुलीबाट पुरस्कार वितरण गरियो।











