दुर्गा पूजा कमिटीहरुलाई लिएर कालचिनी बीडीओ कार्यालयमा सभा सम्पन्न

00-752f16ef-9e8b-41c5-81c8-6ca5ab20fbc0-1

कालचिनी: दुर्गा पूजाको नियम अनि सरकारी दिशानिर्देशलाई लिएर बिहीबार कालचिनी बीडीओ कार्यालयमा कालचिनी खण्डभरिको दुर्गा पूजा कमिटीहरुलाई लिएर सभा सम्पन्न भयो। बुधबार साँझ मात्र कालचिनी थानाअन्तर्गत पर्ने पूजा कमिटीहरुलाई लिएर कालचिनी थानाको तत्परतामा प्रारम्भिक सभा भएको थियोl यसपछि बिहीबार पुनः कालचिनी खण्डभरिका पूजा कमिटीहरुलाई लिएर समीक्षा बैठक सम्पन्न भयो।

सो सभामा कालचिनी बीडीओ प्रशान्त बर्मनलगायत कालचिनी थानाका प्रभारी टीएन लामा, निमती आउटपोस्टका प्रभारी अमित शर्मा, हाँसीमारा आउटपोस्टका प्रभारी शिवाजी सिंह, जयगाउँ थाना प्रतिनिधि अनि बिजुली र दमकल विभागका अधिकारीहरु उपस्थित थिए। सभामा सरकारी अनुदानको नियम र पूजा कमिटीले लिनुपर्ने अनुमतिको दिशानिर्देश आदि बारेमा चर्चा गरियो। कालचिनी खण्डमा दुर्गा पूजा शान्तिपूर्वक सम्पन्न गराउन यसको तयारी ब्लक प्रशासन र पुलिस प्रशासनले गरिरहेको अनि सम्पूर्ण सरकारी दिशानिर्देशलाई लिएर अझ यस्ता सभाहरु पुनः सम्पन्न हुने कालचिनी बीडीओ साथै पुलिस विभागबाट बताइएको छ।

About Author

Advertisement