कालचिनी: अलिपुरद्वार जिल्ला पुलिसको आयोजनामा बिहीबार कालचिनी थानाअन्तर्गत दमनपुर हाई स्कूलका विद्यार्थीहरुलाई लिएर मानव तस्करी साथै ड्रग्स विरोधी सचेतना कार्यशाला सम्पन्न भयोl यसबारेमा अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशीले बताएका छन्। यस कार्यकरम्मा पुलिस अधीक्षक वाई रघुवंशीलगायत कालचिनी थानाका प्रभारी टीएन लामा, निमती आउटपोस्टका प्रभारी अमित शर्मा एवं अन्य विशिष्ट व्यक्तिहरु उपस्थिति थिए।
कार्यशालामा विद्यार्थीहरुसित पुलिस अधीक्षक वाई रघुवंशीले विशेष अन्तरक्रिया गर्दै मानव तस्करी र ड्र्ग्स दुर्व्यसनबारे सचेतना गराए। सो कार्यशालाबारे अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशीले पुलिसद्वारालगातार यसप्रकारको सचेतना अनि कार्यशालाको कार्यक्रम गर्दै आइरहेको बताएका छन्l दमनपुर हाई स्कूलमा यस कार्यक्रमद्वारा विद्यार्थीहरुलाई सचेत गराउने कार्य गरिएको र आउँदो दिनमा यस्ता कार्यक्रम गर्दै लैजाने उनले बताएl










