गोल्डेनगेटको लगातार सातौं जित

IMG-20250602-WA0142(1)

काठमाडौँ: गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा आइतबार सामाखुसी युथ क्लबमाथि ७१–६४ स्कोरको जित पाएको छ।
गोल्डेनगेटको यो लगातार सातौं जित हो। यो सफलताले गोल्डेनगेट फाइनल नजिक पुगेको छ। टोलीले ८ खेलबाट १५ अंक जोड्दै शीर्षस्थानमा ओगटेको छ। समान अंक भए पनि हाउन्ड्स दोस्रोमा छ। समान ८ खेलबाट १३ अंक जोडेको टाइम्स बास्केटबल क्लब तेस्रो स्थानमा छ।
अब लिगमा दुई चरणको खेल बाँकी छ । त्यसपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछ। हाउन्ड्सले टाइम्स र गोल्डेनगेटसँग खेल्न बाँकी छ। टाइम्स र गोल्डेनगेट दुवैको बाँकी खेल सामाखुसी युथ क्लबविरुद्ध छ। तिनै खेलले फाइनल पुग्ने दुई टोलीको तय गर्नेछ। रोयल, कीर्तिपुर र सामाखुसी भने फाइनल दौडबाट बाहिरिएका छन्।
कीर्तिपुर कभर्डहलमा गोल्डेनगेटले पहिलो क्वाटरमा २३–१२ को अग्रता बनायो। दोस्रो क्वाटर सामाखुसीले १९–१६ ले आफ्नो पक्षमा पार्‍यो। हाफटाइमसम्म गोल्डेनगेट ३९–३१ ले अगाडि रह्यो। तेस्रो क्वाटर १९–१५ को नतिजा निकालेपछि गोल्डेनगेट ५८–४६ ले अगाडि रह्यो। चौथो तथा अन्तिम क्वाटरमा सामाखुसी १८–१३ ले अघि रहे पनि जितलाई स्कोर पर्याप्त रहेन। गोल्डेनेगटबाट निकेश मगरले सर्वाधिक २२ स्कोर गरे। उनी नै खेलका उत्कृष्ट खेलाडी बने। सामाखुसीका प्रज्वल महर्जनले २२ अंक स्कोर गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement