उरुग्वेलाई पराजित गर्न सफल जूनियर महिला हकी टीम

IMG-20250601-WA0339

रोसारियो (अर्जेण्टिना): भारतीय जूनियर महिला हकी टीमले अर्जेण्टिनामा जारी ४ देशीय टुर्नामेण्टको आफ्नो पाँचौं म्याचमा उरुग्वेलाई पेनल्टी शूटआउटमा ३-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा भारतीय टीमकी उपकप्तान हिना (१०औं मिनट) र लालरिनपुई (२४औं मिनट)-ले गोल गरिन्। म्याचको मध्यान्तरसम्म भारतसँग २-०-को बढ़त रहेको थियो। म्याचको अधिकांश समय पछाड़ि रहने उरुग्वेले अन्तिम समयमा लगातार २ गोल गरी म्याच २-२-को बराबरीमा पुऱ्यायो। उरुग्वेको तर्फबाट इनेस डी पोसादासले ५४औं र मिलग्रोस सीगलले ५७औं मिनटमा गोल गरिन्। यसरी नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहँदा म्याचको फसेला पेनल्टी शूटआउटद्वारा आउटद्वारा गरियो। शूटआउटमा भारतको निम्ति गीता, कनिका र लालथन्तलुगीले गोल गरिन्। यसको विपरीत उरुग्वेले केवल एक गोल गर्न सक्यो। भारतले अघिल्लो म्याचमा आयोजक अर्जेण्टिनाको चुनौती स्वीकार्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement