पेरिसको सड़कहरूमा पीएसजी-का प्रशंसकहरूको उत्पात, १३१ जना पक्राउ

IMG-20250601-WA0331

पेरिस: फ्रान्सको क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले यूएफा च्याम्पियन्स लीगको खिताब जित्यो। शनिवार अबेर राति खेलिएको म्याचमा पीएसजी-ले इण्टर मिलानलाई ५-०-ले पिट्यो। पीएसजी-को यो पहिलो च्याम्पियन्स लीग खिताब हो अनि टीम च्याम्पियन हुनको साथै प्रशंसकहरू जीतको खुशीयाली मनाउन पेरिसको सड़कमा ओर्लिए। खुशीयाली मनाउने क्रमले उग्र रूप लिँदा रातभरि झमेला भयो अनि स्थितिलाई नियन्त्रणमा ल्याउन पुलिसले बल प्रयोग गर्नु पऱ्यो। प्रशंसकहरूले सड़कमा ओर्लिएर उपद्रो शुरु गरेको धेरै भीडियोहरू अघि आएको छ। केही भीडियोमा प्रशंसकहरूले सड़कमा जताभावी पटेका पड़काएको, गाड़ीहरूमा आगो लगाएको, तोड़फोड़ गरेको अनि पुलिसमाथि पनि हमला गरेको देखिएको छ। केही प्रशंसकहरूले मुखौटो लगाएर उपद्रो गरे। पुलिसले पनि स्थिति नियन्त्रणमा ल्याउन कार्वाही गर्दै १३१ जनालाई पक्राउ गरेको छ। पीएसजी-का प्रशंसकहरूले राजधानीमा उपद्रो गरेको यो पहिलोपल्ट चाहिँ होइन। यस महिनाको शुरुवातमा आर्सनलविरुद्ध पीएसजी-को जीतपछि प्रशंसकहरूका एउटा समूहले एउटा कारमा आगो लगाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement