बीआरओको अथक प्रयासपछिखुल्यो फसेका पर्यटकहरूको सुरक्षित निकासीको बाटो

file7vuovdcktv59kymmhe9

गान्तोक: बीआरओको ४८ घण्टाको अथक प्रयासपछि आज साँझसम्म लाचुङतर्फ एकतर्फी सवारी साधन सम्पर्क सफलतापूर्वक पुनर्स्थापित गरेको छ।
बीआरओको यस सफल प्रयासपछि अब लाचुङ-चुङथाङ-शिपग्येर-साङ्कालङ-डिक्चु सडक हुँदै उत्तर सिक्किममा फसेका सयौं पर्यटकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने बाटो खुलेको छ। रहल खण्डहरूको पुनर्स्थापना गर्न बीआरओद्वारा द्रुत गतिमा कार्य भइरहेको आज जारी एक प्रेस विज्ञप्तिमा उल्लेख छ।
३० मईमा अचानक बादल फाटेर लगातार भारी वर्षा भएपछि उत्तर सिक्किममा विनाश मच्चियो। भारी वर्षाले लाचेन, लाचुङ, गुरुदोङमार, जिरो पोइन्ट लगायत प्रमुख पर्यटकीय स्थलहरूमा जाने बाटोहरूमा ठूलो क्षति भयो। यस प्रकोपले धेरै स्थानहरूमा संरचना भत्कायो भने पुलहरूमा क्षति पुर्‍यायो। डिक्चु-साङ्कालङ-शिपग्येर मार्ग, चुङथाङ-लाचेन-जीमा मार्ग र चुङथाङ-लाचुङ मार्ग लगायतका महत्त्वपूर्ण सडक खण्डहरूमा ठूलो मात्रामा पैह्रो गयो। लाचेन र लाचुङतर्फ अत्यावश्यक लिंकको रूपमा काम गर्ने यी मार्गहरू पूर्ण रूपमा बाधित भए।
यसबाहेक, मुन्शीथाङ र जीमाका दुई महत्त्वपूर्ण बेली पुलहरू पनि बगायो। यसरी लाचेन शहर उत्तर र दक्षिण दुवै तर्फबाट सम्पर्कबिहिन बन्यो। टिस्टा नदीमा जलस्तर बढेपछि फिदाङमा झोलुङ्गे पुल नजिकै ठूलो भागलाई बगायो। यस कारण झोलुङ्गे पुललाई ठूलो क्षति भयो। विभिन्न सडकहरूमा व्यापक क्षति र महत्त्वपूर्ण पुलहरू बगाउँदा सर्वसाधारणका लागि गम्भीर जोखिम सिर्जना भयो भने लाचेन र लाचुङका उच्च उचाइका क्षेत्रहरूमा सयौं पर्यटकहरू फसेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement