गान्तोक: माचोङ विद्या भारती स्कूलकी विद्यार्थी प्रियञ्जना शर्माले सिक्किम डिजाइन कनेक्ट कार्यक्रमअन्तर्गत पाक्योङ जिल्लास्तरीय कला प्रतियोगितामा ढुङ्गा चित्रकलामा शीर्ष स्थान हासिल गरिन्। यस उपलब्धिको लागि उनलाई सिक्किम सरकारका शिक्षामन्त्री राजु बस्नेत र क्षेत्र विधायक पामिन लेप्चाले आज पाक्योङमा आयोजित एक समारोहमा सम्मानित गरे। प्रतियोगितामा अन्य विद्यालयका विद्यार्थीहरूले पनि भाग लिएका थिए। जसमा माचोङ विद्या भारती स्कूलकी विद्यार्थीले शर्माले आफ्नो अद्वितीय ढुङ्गा चित्रकलाले सबैलाई प्रभावित पारेकी थिइन्। शिक्षामन्त्री बस्नेतले समारोहमा सहभागी विद्यार्थीहरूको प्रशंसा गर्दै युवाहरू सांस्कृतिक र रचनात्मक सम्पदालाई अगाडि बढाउने माध्यम रहेको बताए। विद्यार्थीहरुको चित्रकलाले सिक्किमे विद्यार्थीहरुको उत्कृष्ट कलाको उदाहरण पेश गरेको उल्लेख सम्बोधनमा गरे। यस अवसरमा उनले सिक्किम डिजाइन कनेक्ट कार्यक्रमको पनि प्रशंसा गरे। जसले विद्यार्थीहरूलाई आफ्नो रचनात्मकता प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरिरहेकोमा खुसी व्यक्त गरे। विधायक लेप्चाले विद्यार्थीहरुको कामको कदर गर्दै प्रमाणपत्र र प्रोत्साहन पुरस्कार प्रदान गरे। माचोङस्थित विद्या भारती स्कूल, सरस्वती विद्या निकेतनकी प्रिन्सिपल आरती ढकालले यस उपलब्धिमा गर्व व्यक्त गर्दै विद्यार्थीले आफ्नो कडा परिश्रम र रचनात्मकताले विद्यालयलाई गौरवान्वित बनाएको उल्लेख गरिन्। उनले यस अवसरका लागि सिक्किम डिजाइन कनेक्ट कार्यक्रमलाई आभार जनाइन्। २०२५ को शैक्षिक सत्रदेखि सञ्चालन भइरहेको यस विद्यालयले गरेको प्रयास, शैक्षिक गुणस्तर, समितिको अथक प्रयास, शिक्षकहरूको लगनशीलतालाई विद्या भारती सिक्किम संस्थानले बधाई दिएको छ।