गान्तोक: केन्द्रीय गृहमन्त्री अमित शाहले प्राकृतिक आपदाले प्रभावित राज्यहरू सिक्किम, आसाम र अरुणाचल प्रदेशका मुख्यमन्त्रीहरू साथै अरुणाचल प्रदेशका राज्यपालसित फोनमा बात गरेर स्थितिको जानकारी लिएका छन्। स्वंय गृहमन्त्रीले सामाजिक सञ्जालमा यसको जानकारी दिएका छन्।
गृहमन्त्रीले प्राकृतिक प्रकोपलाई लिएर चिन्ता व्यक्त गर्दै प्रभावित राज्यहरूलाई आवश्यक सहयोगको निम्ति केन्द्र सरकार तत्पर रहेको सामाजिक सञ्जालमा थप उल्लेख गरेका छन्।











