राजधानीमा ऊनको मूल्यवृद्धिबारे प्रशिक्षण

IMG-20250601-WA0337

गान्तोक: मंगन जिल्ला पशुपालन तथा पशु चिकित्सा सेवा विभागले भेडा र याकको ऊनको मूल्य अभिवृद्धि गर्ने र स्वदेशी प्रजातिका पशुधनको संरक्षण गर्ने विषयमाथि जागरूकता सिर्जना गान्तोकमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। याक र भेडाको ऊनको मूल्य अभिवृद्धि र व्यावहारिक अभ्यासमा केन्द्रित प्रशिक्षण कार्यक्रमको उद्घाटन विभागीय निर्देशक डा. कर्मा तेन्जिङ भोटियाले गरे। सहभागीहरूलाई परम्परागत ह्यान्डलूम प्रणालीमा मूल्यवृद्धि गर्ने सम्बन्धमा व्यावहारिक जानकारी प्रदान गरिनेछ। साथै एक्सपोजर भ्रमण गराइनेछ। कार्यशाला लाचेनकोमा आयोजन गरिनु पर्ने थियो तर प्रतिकूल मौसमका कारण गान्तोकमै आयोजन गरिएको हो। जहाँ सबै सहभागीहरू उत्तर सिक्किमबाट आएका थिए। कार्यशालाको उद्देश्य उच्च पहाडी इलाकाका परम्परागत हस्तकला गतिविधिहरूलाई मूल्य अभिवृद्धि प्रदान गर्नु र उच्च पहाडी इलाकाका बासिन्दाहरूलाई आर्थिक दिगोपन प्रदान गर्नु रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement