विकसित कृषि संकल्प अभियान नामोक र स्वयम पुग्यो

IMG-20250601-WA0336

मंगन: विकसित कृषि संकल्प अभियानको तेस्रो दिन मंगन जिल्लाको नामोक स्वायम ग्राम पञ्चायत यूनिटमा विभिन्न कार्यक्रम सम्पन्न भयो। मंगन जिल्लाको कृषि विज्ञान केन्द्र र सम्बन्धित विभागको संयुक्त पहलमा आयोजन भइरहेको विकसित कृषि संकल्प अभियान रोबी, छोङथाङ, नामोक गाउँ, देथाङ, स्वायम र टिक्पो गाउँमा प्रवेश गरिसकेको छ। जहाँ कृषकहरूले प्रत्यक्षरूपमा सम्वन्धित अधिकारीहरूसँग अन्तर्क्रिया गर्ने अवसर प्राप्त गरेका थिए। यस कार्यक्रममा स्थानीय कृषकहरूले व्यापकरूपमा सहभागिता जनाएका थिए। जसले यस पहलप्रति चासो देखाएका थिए। यस अभियानअन्तर्गत पहिलो सत्रमा कृषकहरूले अन्तर्क्रिया कार्यक्रममा सक्रियरूपमा सहभागिता जनाउनको साथै आफ्नो विचार र सुझाउहरू पनि साँझा गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement