विज्ञान र गणित विषयसम्बन्धी कार्यशालाको समापन

IMG-20250601-WA0332

गान्तोक: सिक्किम राज्य शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद् र भारतीय विज्ञान शिक्षा तथा अनुसन्धान संस्थान पूणेको सहकार्यमा आयोजित ६ दिवसीय कार्यशालाको आज समापन भयो। एससीईआरटी क्याम्पस परिसरमा समापन भएको कार्यशालामा राजयका माध्यमिकस्तरका शिक्षकहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजन गरिएको हो। विशेष विज्ञान र गणित शिक्षामा दक्षता प्रदान गर्ने प्रयास गरिएको थियो। कार्यशालाको उद्देश्य शिक्षकहरूलाई नवीन शिक्षण विधिहरूद्वारा राज्यमा विज्ञान विषय शिक्षालाई सुदृढ पार्ने लक्ष्य राखिएको थियो। यस अवसरमा सहभागीहरूबीच अन्तर्रिञायात्मक कार्यक्रमको पनि आयोजन गरिएको थियो। जसमा अनुसन्धान-उन्मुख र गतिविधि सञ्चालित शिक्षामाथि प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा राज्यको प्रत्येक खण्डबाट दुईजना ग्रेजुवेट विज्ञान र एकजना स्नाकोत्तर गणित शिक्षक समावेश थिए। प्रत्येक खण्डबाट कम्तिमा तीनजना शिक्षकहरू सहित १०९ शिक्षकहरूलाई छनौट गरिएको थियो। रहल शिक्षकहरूलाई क्यास्केड मोडमा प्रशिक्षण प्रदान गरिने छ। यसका साथै, गान्तोक, गेजिङ र नाम्चीका डायट महाविद्यालयका ५ जना संकाय सदस्यहरू र सरकारी बीएड कलेज सोरेङका एकजना संकायले पनि कार्यशालामा भाग लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement