नेपालका कप्तान घनश्यामलाई २० लाखमा रिटेन गर्‍यो हरियणाले

IMG-20250601-WA0273

काठमाडौं: नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तान घनश्याम रोकामगरलाई प्रो कबड्डी लिग टोली हरियणा स्टिलर्स रिटेन गरेको छ।
अघिल्लो सिजन च्याम्पियन बनेको हरियणाले घनश्यामलाई आगामी दुई सिजनका लागि १३ लाख भारू (२० लाख नेपाली रूपैयाँ बढी) मा फेरि टोलीमा राख्ने घोषणा गरेको हो।
रेइडर्स हुन् घनश्याम नेपाली राष्ट्रिय पुरुष कबड्डी टिमका कप्तान पनि हुन्। २२ वर्षीया उनी गत माघमा भएको नेपाल कबड्डी लिग (एनकेएल) मा काठमाडौं माभरिक्सका मार्की खेलाडी थिए।
लिबाङ, रोल्पा घर भएका उनले दुई वर्षअघि हरियणा स्टिलर्सबाटै खेल्दा उनी प्रो कबड्डी लिगमा उपविजेता बनेका थिए। गत वर्ष भने च्याम्पियन नै हुन सफल भए।
१०औं संस्करणमा हरियणामा १३ लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका थिए। घनश्यामले १०औं संस्करणमा चार टिम विरुद्ध खेल्ने अवसर पाएका थिए। उनले तेलगु टाइटन्स, गुजरात जाइन्ट्स, यु मुम्बा र बैंगलारु बुल्स विरुद्ध खेलेका थिए। घनश्याम प्रो कबड्डी लिगमा आबद्ध हुने नेपाली खेलाडी मध्ये सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन्।
यसअघि सञ्जय श्रेष्ठ र जयबहादुर बोहराले समान ८–८ लाख तथा लालमोहर यादव र नागेश्वर चौधरीले समान १०–१० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement