आबकारी विभाग र पुलिसको संयुक्त अभियानमा अवैद्य रक्सी कारखानाको भण्डाफोर

00-44d1d406-5e51-4a6b-bfe4-b2e8848e4ff4

कालचिनी: कालचिनी खण्डको कुनै ठाउँमा अवैद्य भोटाङको रक्सी र असम, मेघालय अनि अरुणाचल प्रदेश निर्मित रक्सीहरु ल्याएर त्यसलाई मिश्रण गरेर अवैद्य कारोबार चलाइरहेको सूचना आबकारी विभाग र पुलिससमक्ष रहे पनि यसको सुँईको लागेको थिएन। तर एउटा गोप्य सूचनाको आधारमा बिहीबार आबकारी विभाग र पुलिसको संयुक्त अभियानमा कालचिनी थानाअन्तर्गत पर्ने दक्षिण लोथाबारी संलग्न नाकाडाला बस्तीको एउटा घरमा छापा मार्योl छापामारी उक्त घरबाट प्रायः ३ ड्रम रक्सी बनाउने स्प्रिटसहित बोतल सील्ड गर्ने पञ्चिङ मशिनगै धेरै परिमाणमा मेघालय निर्मित व्हिस्की रक्सीहरु बरामद गर्न सफल भएको आबकारी विभागको अलिपुरद्वार जिल्ला अधीक्षक उगेन छेवाङले बताएका छन्। यस अभियानमा धेरै सफलता पाए पनि यससित संलग्न कसैलाई पनि पक्रा गर्न नसकिएको आबकारी अधीक्षक उगेन छेवाङले बताएका छन्। जुन घरबाट यी अवैद्य रक्सी र सामग्री उद्धार भएको छ त्यस घरको सम्पूर्ण विवरण बीएलआरओबाट तथ्य निकालेर अगाड़ीको कारवाई गरिने आबकारी अधीक्षक उगेन छेवाङले बताएl

अर्कोतिर कालचिनी थानाको पुलिसबलको सहयोगितामा आज सो अभियान सफल भएको बताउँदै कालचिनी सीआई पार्थ सारथी चन्दाले सम्पूर्ण बरामद गरिएको रक्सी आबकारी विभागलाई सुम्पिएको र यस्ता नकली मिसावटी रक्सी खाएर जनसाधारणको स्वास्थ्यमा नकरात्मक प्रभाव पर्ने साथै मृत्यु पनि हुनसक्ने भएकोले यस्ता नकली मिसावटी रक्सीबाट टाढ़ा बस्ने सर्वसाधारणलाई विशेष आग्रह गरेका छन्। कालचिनी खण्डमा यस्ता कारोबारविरुद्ध पुलिसको निरन्तर अभियान जारी रहने र आबकारी विभागसित मिलेर यस्ता अवैद्य धन्धामाथि लगाम लगाउन जिल्ला पुलिस अधीक्षकको निर्देश मुताबिक कारबाही गरिने सीआई पार्थ सारथी चन्दाले बताएका छन्। यता आबकारी विभागको अलिपुरद्वार जिल्ला अधीक्षक उगेन छेवाङले यस्ता गैरकानूनी धन्धाविरुद्ध निरन्तर अभियान जारी रहने र यसको निम्ति सर्वसाधारणको पनि विभागसित सहयोगिता जरुरत पर्ने हुनाले गाउँलेहरुलाई सचेत रहने आग्रह गरेका छन्। यता आज आबकारी विभाग र पुलिसको संयुक्त अभियानले साधरण मानिसहरुले राहतको श्वास लिँदै यस्ता नकली मिसावटी रक्सी खाएर कतिजनाले ज्यान गुमाईसकेको र यस्तो धन्धाविरुद्ध आबकारी विभाग र पुलिसको कारबाहीलाई स्वागत जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement