भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20250601-WA0303

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय सदस्य रबीन सुब्बाको अध्यक्षतामा साथै तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ सञ्चालन गरेका थिए‌। सभालाई प्रथम वक्ताको रुपमा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले सम्भाषण राखेका थिए।‌ उनले पार्टीको सांगठनिक गतिविधि र भावी कार्यक्रमहरु विषयमा बोल्दै समष्टिकाे सांगठनिक सभा लगातार रुपमा हुनु पर्ने बताउँदै समष्टिकाे हरेक बुथहरुमा शाखा कमिटी र प्रशाखा कमिटीहरु गठन गरिनु पर्ने बताएका छन्‌। उनले तीनधारे महानदी समष्टिको पर्यवेक्षक सभासद प्रणाम रसाइली केही दिनपछि समष्टिकाे प्रत्येक शाखा प्रशाखातिर भ्रमण गर्ने भएकोले‌ सबैले आफ्नो समय दिनु पर्ने पनि बताएका छन्। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय समितिको कानुनी सल्लाहकार शेखरचन्द्र प्रधानले आफ्नो वक्तव्यमा समष्टिकाे सांगठनिक सभा एकै ठाउँमा‌ मात्र नराखेर सबैतरि पालै पालो राख्नु पर्ने सुझाव दिएका छन्। उनले संगठनलाई अघि बढाउन ठोस पहल गर्नुपर्ने बताउँदै पार्टी एकदम सिस्टममा चल्नु पर्ने र पार्टीमा सिस्टम छ भने मात्रै संगठन राम्रो भएर जाने पनि बताएका छन्। सभालाई पञ्चायत समिति सदस्य दावा वाङ्दी लामा, घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा र सभाध्यक्ष रबीन सुब्बा आदिले वक्तव्य राखेका थिए‌‌। सभामा वक्ताहरुले भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक गतिविधि र भावी कार्यक्रम विषयमा वक्तव्य राखेका थिए।

सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको पर्यवेक्षक सभासद प्रणाम रसाइलीको शाखा प्रशाखा‌ पसौं अभियान विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टिको तर्फबाट सभापति शेखरचन्द्र प्रधान र उप सभापति मिलन प्रधानले पनि वक्तव्य राखेका थिए। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, महकुमा सदस्य सञ्जीब लामा, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान मोहनकुमार प्रधान, पञ्चायत समिति सदस्य कुसाङ लामा लगायत अन्यहरु उपस्थित रहेका थिए।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement