मंगर संघ भारत खरसाङको वार्षिक साधारण सभा अनि नयाँ कमिटी गठन

IMG-20250601-WA0294

मंगर जातिको हितमा सांगठनिक रुपमा एक भएर कार्य गर्नुपर्छ: सभासद रतन थापा

खरसाङ: मंगर संघ भारत खरसाङ शहरिया समितिको वार्षिक साधारण सभा खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा आईतबार सम्पन्न भएको छ। उक्त वार्षिक साधारण सभा खरसाङको अध्यक्ष राजेन्द्र प्रसाद थापाको अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको कार्यकारी सभासद एवं मंगर संघ भारत केन्द्रीय समितिको संरक्षक रतन थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। सभालाई सह सचिव प्रताप थापाले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण केन्द्रीय कार्यकारी सदस्य पारसचन्द्र आलेले‌ राखेका थिए‌। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मंगर संघ भारतको केन्द्रीय अध्यक्ष कमल थापा, केन्द्रीय महासचिव शंकर राणा, केन्द्रीय उपाध्यक्ष आईडी थापा, सल्लाहकार अदिप थापा उपस्थित रहेका थिए‌‌। अतिथिहरुका बाहुलीबाट दीप प्रज्ज्वलन साथै अपरेशन सिन्दुरको सफलतामा शहीद सपुतहरुको स्मरण र दिवंगत सदस्यहरूको स्मरण गर्दै मौन धारण गरिएको छ‌। कार्यक्रममा सचिवको प्रतिवेदन सचिव सीबी आलेले राखेका थिए। उनले यस अवसरमा आफुले मंगर संघ भारत खरसाङ शहरिया समितिको सचिवको रुपमा लामो समयदेखि कार्य गरिरहेको र अब नयाँ पदाधिकारीहरुले पदभार सम्हालु पर्ने बताएका छन्‌। उनले आफ्नो सचिवको कार्यकालमा साथ र सहयोग दिने सम्पूर्ण पदाधिकारीहरु र सदस्यहरुलाई धन्यवाद दिएका छन्‌। उनले अब नयाँ कमिटीमा सचिवको रुपमा नबसे पनि मंगर संघ भारतको लागि निरन्तर रुपमा कार्य गर्दै जाने पनि बताएका छन्‌। कार्यक्रममा आय व्यायको प्रतिवेदन कोषाध्यक्ष सुनिल थापाले राखेका थिए‌‌। कार्यक्रममा पुरानो कमिटीलाई सभाध्यक्ष राजेन्द्र प्रसाद थापाले पुरानो कमिटी विघटन गरिएको घोषणा गरिएपछि मंगर संघ भारतको केन्द्रीय अध्यक्ष कमल थापाको अध्यक्षतामा‌ मंगर संघ भारत खरसाङ शहरिया समितिको नयाँ कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति पुरण थापा, उप सभापति प्रताप थापा र बसन्त थापा, सचिव हेमन्तकुमार थापा, कार्यकारी सचिव सञ्जय थापा, सह सचिव आनन्द थापा र अमित थापा, कोषाध्यक्ष गोपाल थापा, सह कोषाध्यक्ष सुनिल थापा, प्रमुख सल्लाहकारमा सीबी आले, सल्लाहकारमा राजेन्द्र प्रसाद थापा लगायत १३ जनाको सल्लाहकारहरु चयन भएका छन्। त्यसरी नै १९ जना कार्यकारी सदस्य सदस्याहरु पनि चयन भएका छन्‌। कार्यक्रममा पुरानो कमिटीको सभापति राजेन्द्र प्रसाद थापा, सचिव सीबी आले र कोषाध्यक्ष सुनिल थापालाई नयाँ कमिटीको तर्फबाट सम्मान जनाइएको छ। यस अवसरमा नयाँ कमिटीको सभापति पुरण थापाले वक्तव्य राख्दै पुरानो कमिटीको पदाधिकारीहरुलाई धन्यवाद दिएका छन्‌। उनले आगामी दिनमा सबै पदाधिकारीहरु र सदस्यहरुको साथ र सहयोगको पूर्ण आशा रहेको बताएका छन्।


कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु गीत, नृत्य, मादले गीत, मारुणी नृत्य प्रस्तुत गरिएको थियो। यस अवसरमा अवन्तिका थापा र जानिता घलेले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने मादले गीत सीबी आलेले प्रस्तुत गरेका थिए।‌त्यसरी नै नमिता थापा र देवेन थापा, गुञ्जन थापाले गीत प्रस्तुत गरेका थिए। यसै क्रममा विनायक थापा र बैष्वणी थापाले मारुनी नृत्य प्रस्तुत गरेका थिए भने रतन थापा, जमुना थापा, ज्योति थापा,आरुषी थापा, अग्नि थापा, अञ्जली थापा आदिले पनि नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा डा भावना थापालाई मंगर संघ भारतको तर्फबाट सम्मान जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथि कार्यकारी सभासद एवं संरक्षक रतन थापाले आफ्नो सम्भाषणमा पुरानो कमिटीले‌ मंगर जातिको लागि धेरै काम गरेको बताउँदै उहाँहरुले धेरै उदाहरणीय कार्य गरेको र सांगठनिक रुपमा दह्रिलो बनाएर लगेको पनि बताएका छन्‌। थापाले भने, ‘नयाँ कमिटीको पदाधिकारीहरु पनि सक्रिय र असल रहेको बताउँदै नयाँ कमिटीको पदाधिकारीहरुलाई बधाई र शुभकामना छ। नयाँ पदाधिकारीहरुले पनि नयाँ जोश र जाँगरका साथ मंगर संघ भारतलाई अघि लानु पर्ने शुभकामना छ।’
उनले अघि भने, ‘एउटा टिम भएर कार्य गरेमा संगठन धेरै राम्रो हुने र माथिसम्म पुग्नेछ। खरसाङ शहरिया समिति र केन्द्रीय समितिमाझ तालमेल असल हुन आवश्यक छ। हामी सबै मंगरहरु एक सूत्रमा रहेर कार्य गर्न आवश्यक हुन्छ। हाम्रो संगठनको मुख्य विषय नै जनजातिको मुद्दा हो र यो मुद्दाको लागि संगठनले निरन्तर रुपमा कार्य गरिरहेको छ।’
मुख्य अतिथिको रुपमा उपस्थित कार्यकारी सभासद रतन थापाले अझ भने, ‘मंगर जातिको हितको लागि हामी सांगठनिक रुपमा एक भएर कार्य गर्नुपर्छ।’


कार्यक्रममा केन्द्रीय अध्यक्ष कमल थापा, केन्द्रीय महासचिव शंकर राणा, गोर्खा जनजाति महासंघको महासचिव अमित थापाले पनि वक्तव्य राखेका थिए। यसै कार्यक्रममा प्रताप थापा र निरङ्कर थापालाई पनि सम्मान जनाइएको छ। कार्यक्रममा धन्यवाद ज्ञापन निरङ्कर थापाले राखेका थिए‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement