अण्डर-१४ बोयज सब-डीविजनल लीग फूटबलःतिनधारे स्पोर्ट्स एसोसिएशन र सन्त अल्फन्सस स्कूल बीच फाइनल मा भिड़न्त तय

IMG-20250601-WA0226

खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित तेस्रो अण्डर-१४ बोयज सब-डीविजनल फूटबल टुर्नामेण्टमा आइतवार २ वटा सेमिफाइनल म्याच खेलियो। युवा मामिला एवम् खेलकुद विभाग, जीटीएको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत गोथल्स मेमोरियल खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल म्याचमा तिनधारे स्पोर्ट्स एसोसिएशनले सुकना हाई स्कूलविरुद्ध २-१ ले जीत हासिल गऱ्यो। यसरी दोस्रो सेमिफाइनल म्याचमा सन्त अल्फन्सस स्कूलले आईटीआई टुंग फूटबल एकाडमीविरुद्ध ३-० ले जीत हासिल गऱ्यो। अब ८ जूनमा हुने फाइनलमा तिनधारे स्पोर्ट्स एसोसिएशन र सन्त अल्फन्सस स्कूल बीच भिड़न्त हुनेछ। म्याच दिउँसो १२.३० बजीदेखि शुरु हुनेछ। आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा प्रमोद प्रधान, सुरेन गुरुङ, दावा डोमा भुटिया अनि अर्बिन्द छेत्री सामेल थिए। सञ्जय थापा, प्रेरणा राई र रेबिका प्रधान फोर्थ अफिसियल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement