मङ्पुमा गोरायुमो खरसाङ ब्राञ्च कमिटीको सांगठनिक सभा सम्पन्न

IMG-20250601-WA0253

खरसाङ: गोर्खा राष्ट्रिय युवा मोर्चा खरसाङ ब्राञ्च कमिटीका प्रतिनिधिवर्गलाई लिएर आज मङ्पु पार्टी कार्यालयमा सांङ्ठनिक सभा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। उक्त सभा गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल एनबी छेत्रीको प्रमुख उपस्थिति रहेका थिए। गोरायुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष रुपेश छेत्रीको अध्यक्षतामा सम्पन्न भएको सभालाई सचिव सन्तोष सुब्बाले सञ्चालन गरेका थिए भने सभामा गोरायुमो कालेबुङ ब्राञ्च अध्यक्ष बुद्ध तामाङ, गोरायुमो कालेबुङका प्रतिनिधिवर्ग लगायत गोरायुमो खरसाङ ब्राञ्च कमिटीका प्रतिनिधिवर्ग उपस्थित रहेका थिए। सभामा वर्तमान राजनैतिक परिवेश, सांगठनिक गतिविधि, लगायत पार्टीको विभिन्न भावी कार्यक्रमलाई अघि बडाउनको निम्ति गोर्खा राष्ट्रिय युवा मोर्चाको कस्तो भूमिका हुन पर्ने भन्ने विषयमा व्यापक छलफल गरेका छन्। सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै गोरायुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष रुपेश छेत्रीले भने, आजको सभामा गोरायुमो खरसाङ ब्राञ्च कमिटीका प्रतिनिधिवर्गलाई एउटा गहन राजनैतिक चर्चा परिचर्चा गर्दै आउने दिनहरुमा जनतामाझ राजनैतिक उपलब्धि र गोर्खा जातिको मुद्दा कहाँ सम्म पुग्यो के कस्तो भएको छ। यसको जानकारी गराउन युवाहरु अघि आउने छ। विगतको दिनहरुमा ठूलो षड्यन्त्र रची गोर्खाहरुको भाग्य फुटाउने कार्य भयो हामीलाई लथालिङ्ग बनायो। जीटीए जस्तो अंसवैधानिक व्यवस्था भित्राएर तपाईं हामीलाई लाचार बनायो। यसको नतिजा वर्तमान समयमा तपाईंहरु समक्ष छर्लङ्ग छ। तर अब सुर्ताउनु पर्दैन बिगारेको, टुटाएको भाग्यलाई जोड्दै समाल्दै गोरामुमो अध्यक्ष मन घिसिङको नेतृत्वमा जोड्ने कार्य भएको छ। अब बिगार्न दिनु हुँदैन। अब हामी दिदैनौं पनि। यसको निम्ति हामी चट्टान जस्तो खडा भएर अध्यक्ष मन घिसिङको साथमा उभिनेछौं।गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले अध्यक्ष मन घिसिङको नेतृत्वमा गोर्खा जातिको न्यायको निम्ति गर्नु पर्ने कार्य, भारत सरकारलाई बुझाउनु पर्ने सम्पूर्ण कार्यहरू गरिसकेका छन्। सजिलो थिएन यसको निम्ति कडा संघर्ष गर्नु परेको थियो गोरामुमो केन्द्रीय समितिले अब भारत सरकारले बोल्नु पर्छ गोर्खाहरुको निम्ति। हामी पुर्ण आशावादी छौं अब भारत सरकारले दार्जीलिङ पहाड, सिलगढी, तराई अनि डुवर्सको जनतालाई भारतको संविधानको प्रावधान अनुरुप चाडैंनै न्याय दिनेछ।
रुपेश छेत्रीले सबैलाई अपिल समेत गर्दै भने, हामी सबै एक भएर अंसवैधानिक ब्यवस्थामा नभुलेर एक हुन पर्छ। न्याय थाप्नेहरु पनि एक भएर अघि आउनुपर्छ राजनीतिपछि गर्दा हुन्छ भनी पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा रुपेश छेत्रीले भनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement