सिलगढ़ी: उत्तर बंगालका ३ जना प्रतिभाशाली फूटबलर बिशाल छेत्री, हेमराज भुजेल र किरण खड़का सीएफएल प्रीमियर डीविजनमा आफ्नो प्रतिभा देखाउन तयार छन्। कलकत्ताको अग्रणी टीम पियरलेस स्पोर्ट्स क्लबले यी ३ जना फूटबलरसँग अनुबन्ध गरेको छ। जर्जियन फूटबल क्लबका स्टार मीडफिल्डर बिशाल छेत्री अहिले असल फर्ममा छन्। यसरी दलसिंगपाड़ा स्पोर्ट्स एकाडमीका फरवर्ड हेमराज भुजेल टीमको निम्ति गोल गर्नमा दक्ष छन्। यसरी डिफेण्डर किरण खड़काले पनि गत केही सालदेखि निरन्तर असल प्रदर्शन गरिरहेका छन्। यी ३ जनाको साथमा उत्तर बंगालका अन्य एक फरवर्ड सनातन कर्मकारसँग खिदिरपुर स्पोर्टिंग क्लबले अनुबन्ध गरेको छ।