सिंगापुर ओपनको सेमिफाइनलमा हाऱ्यो सात्विक-चिरागको जोड़ी

IMG-20250601-WA0177

सिंगापुर: भारतका सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको पुरुष युगल जोड़ीले शारीरिक रूपले सर्वश्रेष्ठ स्थितिमा नभए पनि सिंगापुर ओपन सुपर ७५० ब्याडमिण्टन टुर्नामेण्टको पुरुष युगल सेमिफाइनलमा आफूभन्दा उच्च ऱ्याङकिंग भएको जोड़ीलाई चुनौती दियो। एशियन गेम्सको च्याम्पियन भारतीय जोड़ीले सेमिफाइनल म्याचमा आरोन चिया र सोह वूई यिकको विश्वका तेस्रो नम्बरो जोड़ीविरुद्ध २१-१९, १०-२१, १८-२१-ले हारको सामना गर्नु पऱ्यो। म्याच हारेपछि चिरागले भने, पेशादार र व्यक्तिगत रूपले हामीले जति हप्ता, महिना या दिन अभ्यास गऱ्यौं अनि त्यसपछि यहाँ आएर सेमिफाइनलमा खेल्ने हामीले सोचेका थिएनौं। यसैकारण मेरो विचारमा हाम्रो निम्ति धेरै सकारात्मक कुराहरू रह्यो। तपाईं सदा अघि बढ़्न अनि खिताब जित्न चाहनु हुन्छ तर गत केही महिनामा हामीले जुन परिस्थितिहरूको सामना गऱ्यौं, त्यसलाई बिचार्दा यहाँ आएर सेमिफाइनल खेल्नु वास्तवमा असल शुरुवात हो। अब हामी इण्डोनेशिया जानेछौं। उल्लेखनीय छ, गत वर्ष भएको पेरिस ओलम्पिकपछि सात्विक र चिरागको जोड़ीले लगातार संघर्ष गर्नु परेको छ। गत वर्ष चाइना ओपनको सेमिफाइनलमा पुगेपछि यस जोड़ीले मलेशिया र इण्डिया ओपनको अन्तिम चारमा स्थान बनाएको थियो। त्यसपछि यस जोड़ीले स्वास्थ्य र व्यक्तिगत चुनौतीहरूसँग जुझ्नु परेको थियो। फिटनेस समस्याहरूबाट मुक्ति पाएर यस जोड़ीले सिंगापुर ओपनमा असल प्रदर्शन गरे पनि सेमिफाइनलभन्दा अघि बढ़्न सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement