यूएफा च्याम्पियन्स लीगमा पीएसजी पहिलोपल्ट च्याम्पियन

IMG-20250601-WA0168

म्यूनिख: फ्रान्सको क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले प्रतिष्ठित यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको खिताब जित्यो। लुइस एनरिकेको प्रशिक्षणमा रहने युवा पीएसजी टीमले भारतीय समयानुसार शनिवार अबेर राति खेलिएको फाइनलमा इटलीको क्लब इण्टर मिलानलाई ५-०-ले पिट्यो। यसरी पीएसजी च्याम्पियन्स लीगमा पहिलोपल्ट च्याम्पियन बन्यो। टुर्नामेण्टमा पीएसजीले अन्तमा गएर आफ्नो १६८औं म्याचमा सफलता हासिल गऱ्यो। जर्मनीको शहर म्यूनिखको आलियाञ्ज एरेनामा भएको एकतर्फी फाइनलमा पीएसजी-ले प्रतिद्वन्द्वी टीमलाई कुनै मौका दिएन। पीएसजी-का १९ वर्षीय फरवर्ड डिजिगे डुयेले २ गोलको साथ इण्टर मिलानको चुनौतीलाई माटोमा मिलाए। म्याचमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने पीएसजी-लाई अचरफ हाकिमीले शुरुमै बढ़त दिलाए। हाकिमीले आफ्नो पूर्व क्लबविरुद्ध १२औं मिनटमा गोल गरे।
पीएसजी-ले आफ्नो बढ़तलाई डबल गर्न अधिक समय लगाए। डिजिगे डुयेले २०औं मिनटमा गोल गरी फ्रान्सीसी क्लबलाई २-०-ले अघि पारे। मध्यान्तरपछिको खेलमा पनि इटलीको क्लबले प्रभावशाली प्रदर्शन गर्न सकेन अनि मौकाको फाइदा उठाउँदै पीएसजी-ले अझ ३ गोल गऱ्यो। डुयेले ६३औं मिनटमा व्यक्तिगत दोस्रो गोलको साथ स्कोर ३-० पुऱ्याए। त्यसपछि खविचा ख्वारात्सखेलियाले ७३औं मिनटमा पीएसजीलाई म्याचको चौथो गोल दिलाए। अन्तमा सब्स्टीट्यूड खेलाड़ी सेनी मायुलुले ८६औं मिनटमा अझ एक गोलको साथ पीएसजीलाई ५-०-ले जीत दिलाए। फाइनलमा इण्टर मिलानले पीएसजी समक्ष कुनै चुनौती पेश गर्न सकेन। यसैको फलस्वरूप पीएसजीले टुर्नामेण्टको ७० सालको इतिहासमा फाइनलमा सबैभन्दा ठूलो अन्तरले जीत हासिल गऱ्यो। पीएसजी-का प्रशिक्षक एनरिकेको यो दोस्रो च्याम्पियन्स लीग खिताब हो। यसअघि उनले बार्सिलोनासँग खिताब जितेका थिए। पीएसजीले यस सीजनमा अगावै फ्रेञ्च लीग (लीग १) र फ्रेञ्च कपको खिताब जितिसकेको छ। टीमका पोर्तुगीच मीडफिल्डर वितिन्हाले भने, यो हाम्रो निम्ति सबैथोक हो। यो मेरो अनि पूरा टीमको सपना हो। म्याच असाधारण रह्यो। यो कुनै चमत्कार होइन अनि हामीले कठोर मेहनत गरेका थियौं। अहिले सपना साकार भएर खुशी छु अनि हामी यसको खुशीयाली मनाउनेछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement