आईएएस अधिरकारीहरूले गरे राज्यपालसँग भेट

IMG-20250531-WA0304

गान्तोक: भारत दर्शन कार्यक्रमको एक भागकोरूपमा मसुरीस्थित लालबहादुर शास्त्री राष्ट्रिय प्रशासन प्रतिष्ठानमा आफ्नो आधारभूत तालिम लिइरहेका देशका विभिन्न राज्यका भारतीय प्रशासनिक सेवा (आईएएस) अधिकारीहरूको समूहले सिक्किम भ्रमणको क्रममा आज राज्यका राज्यपाल ओमप्रकाश माथुरसँग भेट गरे।
राजभवन परिसरमा भएको उक्त अवसरमा राज्यपालका सचिव जितेन्द्र सिंह राजेले अधिकारीहरूलाई स्वागत जनाउँदै शान्त राज्य सिक्किममा स्वागत जनाए।
उक्त अवसरमा अन्तरक्रिया पनि सम्पन्न भएको थियो। यसक्रममा अतिथि आईएएस अधिकारीहरूले राज्यपाललाई भ्रमणको उद्देश्यबारे बताए। टोलीले राज्यभरि कायम राखिएको सफाईको प्रशंसा पनि गरेका थिए। अधिकारीहरूले राज्यको पर्यटन पूर्वाधार, सुन्रता, सफाई तथा अन्य सुविधाहरूको पनि प्रशंसा गरेका थिए। नथुला सीमाको भ्रमणले टोलीलाई अमेट छाप दिएको अनुभव साझा गर्दै सीमामा सेवारत भारतीय सेनाका कर्मचारीहरूको समर्पणको पनि सराहना गरेका थिए। आफ्नो सम्बोधनमा राज्यपालले अधिकारीहरूको टोलीलाई सिक्किममा स्वागत गर्न पाउँदा खुशी व्यक्त गरे। राज्यपालले हालै सिक्किमले भारतको एक अभिन्न अंग बनेको ५०औं वर्षगाँठको स्वर्ण जयन्ती समारोहबारे पनि उल्लेख गरेका थिए। उनले जैविक खेतीमा अग्रणी र देशको सबैभन्दा सुरक्षित राज्यहरू मध्ये एककोरूपमा सिक्किमको विशिष्ट पहिचान रहेको बताए। सिक्किमले महिला सशक्तिकरणमा निरन्तर उदाहरणीय प्रगति प्रदर्शन गर्दै आइरहेको र महिलाहरूले विभिन्न क्षेत्रहरूमा अग्रणी भूमिका निर्वाह गरेको पनि अवगत गराए। राज्यपालले राज्यको अनुशासित ट्राफिक संस्कृति, नो-हर्न र नो-ओभरटेकिङ नीतिमाथि पनि प्रकास पारेका थिए। उनले राज्यको होमस्टे उद्योगले प्रदान गर्दै आएको अतुलनीय आतिथ्यको पनि उल्लेख गरे। राज्यपालले चीनसँगको ऐतिहासिक १९६७ को लड़ाइँको उल्लेख गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement