कीभ: पछिल्लो केही महिनादेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ। लामो समयदेखि चलेको युद्ध अहिलेसम्म कुनै परिणाममा पुगेको छैन। यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की दुर्घटनाको शिकार भएका छन्। जेलेन्स्कीको कार ठोक्किएको छ। राष्ट्रपतिका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै सो जानकारी दिएका हुन्। जेलेन्स्कीका प्रवक्ता सेर्ही न्कीफोरोभले फेसबुक पोस्टमा भनेका छन् कि राष्ट्रपतिको कार बाइकसँग ठोक्किएको थियो। मिडिया पोर्टलका अनुसार दुर्घटनापछि डाक्टरले जाँच गरी राष्ट्रपतिलाई गम्भीर चोट नलागेको बताए। जेलेन्स्कीसँगै आएका डाक्टरहरूले पनि कार चालकलाई स्वास्थ्य सहायता दिए र एम्बुलेन्समा पठाए। राष्ट्रपतिका प्रवक्ताले दुर्घटनाको छानबिन गरिने बताए।









