नशालु पदार्थसितै तीन आरोपी पक्राउ

pakrau-1715341503

गान्तोक: रम्फू पुलिसले नशालु पदार्थसहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा एकजना महिला र दुईजना पुरूष सामेल छन्। रम्फू पुलिसले चेकपोस्टमा निरन्तर जाँच गर्दै आइरहेको छ भने यसक्रममा उक्त तीनजना आरोपी पक्राउ परेका हुन्। पक्रा पर्नेहरूमा गान्तोक निवासी जसमाया कामी, दिनेश विश्वकर्मा र सिमोन राई सामेल रहेका छन्। पुलिसले जानकारी गराएअनुसार पक्रा पर्ने तिनैजना आरोपी सिलगढीदेखि गान्तोक आउने बसमा सवार थिए। पुलिसले आरोपीहरूबाट स्पास्कोरभेन क्याप्सुल फेला पारेको थियो। आरोपीहरूविरूद्द सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement